साउन १२, सोलुखुम्बु । माथिल्लो सगरमाथाका जिल्लाहरु सोलुखुम्बु, ओखलढु्ंगा र खोटाङ विषयगत शिक्षक अभावको चपेटामा परेको छ । जिल्लाका विद्यालयहरुले शिक्षक दरबन्दी पुरा गर्न पटक÷पटक करारमा दरखास्त आवाहन गर्दा समेत शिक्षक पाउन मुस्किल भएको विद्यालयलहरुले जनाएको छ । सोलुखुम्बुको जीवनज्योती माध्यमिक विद्यालय नेलेमा गणित विषयको शिक्षक दरबन्दी खाली भएको लामो समय भयो । शिक्षक पदपुर्तीका लागि पटक पटक दरखास्त खुलाउदा पनि शिक्षक पाउन सकेन । कारण हो जिल्लामा मावि तहको शिक्षक अभाव ।
जिल्लामा देखिएको शिक्षक अभावले आफ्नो विद्यालयलाई पनि आक्रन्त बनाएको प्रधानाध्यापक प्रभुराम बस्नेतको भनाई छ । उनले भने, ‘मैले पटक पटक दरखास्त आवाहन गराए तर शिक्षक भेटिन मुस्किल प¥यो, यो समस्या मेरो मात्र नभई जिल्लाकै समस्या हो ।’ यो समस्याबाट हिमाली जिल्ला सोलुखुम्बु मात्र नभई छिमेकी जिल्ला ओखलढुंगा र खोटाङ पनि अछुतो छैन् ।
स्थायी शिक्षक दरबन्दी अनुसारको नहुने समस्या त छदै छ करारमा शिक्षक न्युक्त गर्न समेत विषयगत शिक्षक अभाव छ । जसका कारण पठनपाठन नै प्रभावित हुने अवस्था सृजना भएको खोटाङको सारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल बस्नेतको भनाई छ । सोलुखुम्बुमा संस्थागत र सामुदायिक गरी ५१ वटा मावि छन् ।
ति मध्ये दर्बदी भएको तर परिपूर्ति नभएका दर्जनौ विद्यालयहरु छन् । विशेषगरी मावि तहका गणित, अङ्ग्रेजी , विज्ञान पढाउने शिक्षकहरु पाउन निक्कै मुस्किल छ । करारको जागिर निश्चित नहुने भएकाले पनि शिक्षकहरु पाउन कठिन भएको हुन सक्ने पिके मावि लोदिङका प्रधानाध्याक चेत बहादुर मगरले बताए ।
‘करारको शिक्षकहरुको जागिर अवधि निश्चित छैन् स्थायी पदपुर्ती हुने वितिकै करारको सोतह जागिर जाने भएकाले पनि करारमा शिक्षक आउन नमानेको हुन सक्छ, अर्को तर्फ जिल्लामा दक्ष शिक्षकहरु खाली नभएर पनि होला ।’, प्रअ मगरले भने ।
विषयगत शिक्षक आवश्यकताको विज्ञापन पटकपटक प्रकाशित गरे पनि कसैको दरखास्त नपर्दा प्राथमिक तहको शिक्षकबाट माध्यमिक तहका विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता विद्यालयहरुको छ ।
नेपालको शिक्षा प्रणालीमा सुधार हुन नसक्दा शिक्षण पेशामा आकर्षण घट्दै गएको शिक्षा विद्हरु बताउँछन् । पछिल्लो समय नेपालमा विषयगत शिक्षकहरुको कमी भइरहेको र शिक्षकहरुमा पनि उपयुक्त योग्यता भएको बताइएको छ ।