spot_img

सडक विस्तारमा लापरबाही, बस्तीको ख्याल नगर्दा लोदिङमा २ परिवारको उठीबास !

spot_img

असार २३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ लोदिङमा क्लव भवनसहित ३ घर पहिरोका कारण विस्थापित भएका छन् । सडक विस्तारको क्रममा बढ्दै गएको पहिरोका कारण लोदिङ सृजनशिल युवा क्लवको भवनसहित ३ घर विस्थापित भएका हुन् ।

Advertisement

पहिरो बढ्दै जाँदा घरहरु समेत चर्किदै गएपछि स्थानीय हस्त बहादुर विश्वकर्मा र शान्त विश्वकर्माको परिवार विस्थापित भएको वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले जानकारी दिए । निरन्तरको वर्षातसँगै सडकबाट सुरु भएको पहिरोले घर समेत तान्ने खतरा भएपछि वडाको पहलमा परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष शेर्पाको भनाई छ ।

Advertisement

पहिरोले घर जोखिममा परेपछि विश्वकर्माद्वयको परिवारलाई तत्काललाई छिमेकीको घरमा आश्रय लिएर राखिएको छ । घर मुनीबाट खनिएको सल्लेरी–तामाखानी–पिके सडक मर्मतको क्रममा ठेकेदार कम्पनीले बस्तीको ख्याल नगर्दा आफ्नो बास नै उठेको पीडित हस्त बहादुर विश्वकर्माले गुनासो गरे ।

Advertisement

पहिरोको जोखिम रहेको सो स्थानमा सडक चौडा गर्ने क्रममै कम्पनीलाई सचेत गराएको भएपनि ठेकेदारले मनोमानी डोजर चलाउँदा विपत्ती आईलागेको अर्का पिडीत शान्त विश्वकर्माको गुनासो छ । विस्थाति परिवारलाई वडा कार्यालयले राहत स्वरुप पाल र बाल्टिन प्रदान गरेको छ ।

सोही पहिरोले क्लव भवनमा क्षति पुगेको सचिव ल्हाक्पा ग्याल्जेन शेर्पाले बताए । भवन पहिरोको चपेटामा परेपछि त्यस भित्र रहेका क्लवको सामाग्रीहरु अन्यत्र सारिएको सचिव शेर्पाको भनाई छ ।

यता प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त भट्टराईले पहिरो रोकथाम तथा पिडीतको मागलाई सम्बोधन गर्न पुर्वधार विकास कार्यालय ओखलढुंगालाई निर्देशन दिए । सम्भावित क्षतिलाई रोक्न सबै पक्ष लाग्नुपर्ने भन्दै यस्ता विपत्तीहरुसँग जुद्न सबै एक जुट हुने समेत प्रजिअ भट्टराईले आह्वान गरे ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै