spot_img

किवी फल बिक्रीबाट मात्रै बागबानीले गर्‍यो ५ लाख बढी आम्दानी

spot_img

असार १९, सोलुखुम्बु । कृषिबाट आम्दानी नै छैन भन्नेहरुका लागि सोलुखुम्बुको कृषि ज्ञान केन्द्र फाम व्यवस्थापन शाखा(बागबानी)ले एक गतिलो उदाहरण पेश गरेको छ । फाम व्यवस्थापन शाखा बागबानीले किवी फल बिक्रीबाट मात्रै वर्षमा ५ लाख बढी आम्दानी गरेको छ ।

Advertisement

शाखाले चालु आर्थिक वर्ष २०७९/०८० मा उत्पादन भएको ६ मेट्रिकटन किवी बिक्रीबाट ५ लाख १ सय राजस्व संकलन गरेको हो । बागबानीले हेवार्ड, एलिसन, मुन्टी, एर्वोड, ब्रोनो लगायतका प्रजातीका किवी लगाएको बागबानी अधिकृत चन्द्र फडेराले जानकारी दिए ।

Advertisement

उहाँका अनुसार उत्पादित किवी ग्रेड अनुसार प्रतिकिलो १०० देखि २०० रुपैयाँ सम्ममा बिक्री गरिएको हो । सो किवी अधिकांश जिल्ला भित्रै खपत भएका छन् भने कतिपयले कोशेलीको रुपमा काठमाण्डौँ, विराटनगर, झापासहित भारत समेत लगेको अधिकृत फडेराले बताए ।

Advertisement

फाम व्यवस्थापन शाखा बागबानीले २०७४ सालबाट सुरु गरेको किवी खेती हाल २० हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । हाल बागबानीमा २५० बोट किवी रहेको छ भने वर्षेनी उत्पादन बढ्दै गएको अधिकृत फडेराको भनाई छ ।

फाममा गत आर्थिक वर्ष करिब ४ हजार किलो उत्पादन गरेको थियो भने सो वर्ष किवी बिक्रबाट साडे ३ लाख राजस्व संकलन गरेको फाम व्यवस्थापन शाखा बागबानीले जनाएको छ ।

शाखा प्रमुख फडेराले भने, मेहनत र परिश्रम गर्ने हो भने कृषिमा जति आम्दानी अरु व्यवसायमा छैन्, हामी त माटो छुन हिचकिचाउछौ र पो त, नत्र कृषिमा गरेको लगानी खेर जादैन, हामी त यहाँ थोरै कर्मचारी छौ र पनि किसानहरुलाई देखाउनकै लागि कृषिमा लागि परेका छौ ।’

बागबानीले किवीसहित अन्य तरकारी तथा फलफुल बिक्रीबाट वर्षेनी लाखौँ रुपैयाँ राजस्व संकलन गर्दै आएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै