spot_img

खिजीदेम्बाले ल्यायो महत्वकांक्षी कार्यक्रमसहित ४० करोड बढीको बजेट

spot_img

असार ८, सोलुखुम्बु । ओखलढुंगाको विकट स्थानमा रहेको खिजीदेम्बा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४० करोड बढीको निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाले आज शुक्रबार सम्पन्न १४ औं गाउँसभा मार्फत आर्थिक वर्ष २०८०/०८१ का लागि ४० करोड ४४ लाख ७९ हजार ७ सय रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।

Advertisement

गाउँसभामा उपाध्यक्ष सुशिला तामाङले आगामी आर्थिक बर्षका लागि बजेट, राजस्वका दर र कार्यक्रम पेश गरेकी थिइन् । सभाले १० जोड २ उत्तीर्ण गरेका युवालाई निःशुल्क लोकसेवा आयोग तालिम सञ्चालन गर्ने, सामुदायिक विद्यालयका शिक्षकलाई आँखा जाँच गरी निःशुल्क चस्मा वितरण गर्ने, गर्भवती महिलालाई निःशुल्क भिटामिन वितरण गर्ने लगायतका योजना सार्वजनिक गरेको छ ।

Advertisement

त्यस्तै, गाउँपालिकालाई अर्गानिक घोषणा गरी अर्गानिक उत्पादनको मापन गर्ने, आइएसओ सर्भे गर्ने, युवा उद्यमशीलता विकासका लागि तालिम तथा अनुदानको व्यवस्था गर्ने, होमस्टे तालिम सञ्चालन गर्ने र देम्बामा गल्फ कप आयोजना गर्ने लगायत कार्यक्रम अघि सारिएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिए ।

Advertisement

उक्त कार्यक्रमले खिजिदेम्बाको मुहारमा धेरै परिवर्तन ल्याउने गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए । आफु खिजिदेम्बामा निर्वाचित भएदेखि नै पारदर्शिता र सुशासनमा केन्द्रित भएकाले पालिकाको विकासमा कुनै कसर बाँकी नराख्ने अध्यक्ष शेर्पाको भनाई छ ।

नेपाल सरकारको नियम अनुसार स्थानीय तहले असार १० गतेभित्र अनिवार्य बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै