spot_img

सगरमाथामा साढे २१ हजार किलो मानव मलमूत्र उत्सर्जन

spot_img

असार ३, सोलखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथामा यो वर्षको वसन्तयाममा मान मलमुत्र मात्रै साढे २१ हजार किलो उत्सर्जन भएको छ । वसन्तयामको आरोहण सिजनमा सगरमाथा आधार शिविर र त्योभन्दा माथिसमेत गरी २१ हजार ५ सय ७ किलो मानव दिसा उत्सर्जन भएको सगरमाथ प्रदुषण नियन्त्रण समिति (एसपीसीसी)ले जनाएको छ ।

Advertisement

यस सिजनमा सगरमाथामा सबै गरी ७५ टन फोहोर उत्पादन भएकोमो झन्डै ७० टन फोहोर सङ्कलन भएको जनाएको छ । एसपीसीले आरोहणको समयमा सगरमाथाको फोहोर व्यवस्थापन गर्दै आएको छ । एसपीसीसीका कर्मचारीले आधार शिविरमा ६० हजार चार सय ८८ किलो फोहोर सङ्कलन गरेका छन् ।

Advertisement

जसमध्ये २१ हजार चार सय ४९ किलो जलाउन सकिने र सात हजार पाँच सय ३६ किलो जलाउन नसकिने फोहोर रहेको छ । यस्तै २१ हजार पाँच सय सात किलो मानव दिसा र नौ हजार नौ सय ९६ किलो भान्छाबाट निस्किएको फोहोर रहेको एसपीसीसीले जनाएको छ । आधार शिविरभन्दा माथिबाट आरोहीले आठ हजार नौ सय ५४ किलो फोहोर फिर्ता ल्याएर छन् ।

Advertisement

हरेक आरोहीले आधार शिविरभन्दा माथिबाट आठ किलोका दरले फोहोर फिर्ता ल्याउनुपर्ने नियम छ । सङ्कलन गरेकोमध्ये जलाउन सकिने र नसकिने फोहोर नाम्चेसम्म ढुवानी भइसकेको एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए ।

जलाउन सकिने फोहोर नाम्चेमै व्यवस्थापन गरिने छ भने जलाउन नसकिने फोहोर विमानमार्फत काठमाण्डौ पठाइने शेर्पाले बताए । मानव मलमूत्र र भान्छाबाट निस्किएको फोहोर भने आधार शिविरभन्दा केही तल ल्याएर व्यवस्थापन गर्दै आएको एसपीसीसीले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै