spot_img

हिमाली जिल्ला सोलुको गाईभैँसीमा पनि लम्पी स्किनको प्रकोप

spot_img

असार १, सोलुखुम्बु । हिमाल जिल्ला सोलुखुम्बुको अधिकांश स्थानीय तहमा पालिएको गाई भैँसीमा लम्पी स्किनको प्रकोप फैलिएको छ । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका बाहेकका सबै पालिकामा एक महिनादेखि यसको प्रकोप फैलिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगा सम्पर्क केन्द्र सोलुखुम्बुले जनाएको छ ।

Advertisement

जिल्लाको पञ्चन, काँगेल, मुक्ली, लोखिम, जुबु, नेचासल्यान, काँकु, वाकु, गोली, भकान्जे, चौलाखर्क, सोताङ, महाकुलुङ, तिङला लगायतका क्षेत्रका गाईभैँसीमा बढी मात्रामा लम्पी स्किन फैलिएको पशु सेवा विज्ञ केन्द्र ओखलढुंगा सम्पर्क केन्द्र सोलुखुम्बुका प्रमुख भिमलाल तामाङले जानकारी दिए ।

Advertisement

उनका अनुसार उक्त रोगका कारण हाल सम्म जिल्लामा पशुहरु मरेको तथ्यांक नरहेपनि खुम्बु बाहेकका सबै पालिकाको तल्लो भेगका किसानले पालेको गाईभैँसीहरु धमाधम विरामी हुन थालेका छन् । जसलाई नियन्त्रण गर्न पालिकाको पशु प्राविधिकहरु परिचालित गरेर एन्टिबायोटिक तथा भ्याक्सिन लगाइरहेको प्रमुख तामाङले बताए ।

Advertisement

यद्यपी यसको खास औषधी तथा भ्याक्सिन भने हाल सम्म पत्ता लाग्न सकेको छैन् । गर्मीयाम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । लामखुट्टे, भुसुना, किर्ना र टोक्ने झिङ्गाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ ।

विशेषगरी सङ्क्रमित लामखुट्टे, टोक्ने झिङ्गा र किर्नाजस्ता किराको टोकाइबाट लम्की स्किन रोग गाई भैँसीमा सरे पनि मान्छेलाई भने यो रोग सर्दैन । लम्पी स्किन रोग गाई भैँसीमा सरेपछि सुरुमा घाँटीमा साह्रो गोलो गिर्खा देखिएता पनि शरीरका अन्य भागमा विस्तारै गिर्खा देखिँदै जाँने, उच्च ज्वरो आउने, झोक्रउने, दानापानी कम खाने, दूध उत्पादन घट्नेलगायतका लक्षण देखा पर्ने किसानहरुले बताएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै