spot_img

सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढ्यो, लुक्लामा हवाई टिकेटको चाप

spot_img

जेठ २०, सोलुखुम्बु । विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र छोड्ने पर्यटकको संख्या वृद्धि भएको छ । यस वर्ष वसन्तयामको पर्यटक सिजन सकिएसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको संख्या वृद्धि भएको हो ।

Advertisement

सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार पछिल्लो एक हप्तामा २६९ विदेशी र ५५ नेपाली गरी ३२४ जना पर्यटक भित्रिदा ७९१ विदेशी र २३९ नेपाली गरी १ हजार ३० जना बाहिरिएका छन् । एक महिना अघिसम्म भित्रिने पर्यटकको चाप अधिक रहेको खुम्बुमा अहिले फर्किने पर्यटकको संख्या उच्च रहेको निकुञ्जका सुचना अधिकारी मनोज कुमार मण्डलले बताए ।

Advertisement

नाम्चे, खुम्जुङ, जोरसल्ले लगायतका पर्यटकीय स्थलहरुमा यतिखेर ओरालो झर्ने पर्यटकको ताँती देखिने गरेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । सगरमाथा क्षेत्रबाट फर्किने पर्यटकको संख्या बढेसँगै लुक्लामा हवाई टिकेटको चाप पनि बढेको छ ।

Advertisement

खुम्बुबाट फर्किने अधिकांश पर्यटकले विमानको प्रयोग गर्ने भएकाले तेन्जिङ हिल्लारी विमानस्थलमा चाप बढेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले बताए । अहिले लुक्लाबाट दैनिक एक दर्जन भन्दा बढी पटक उडान तथा अवतरण हुने गरेका छन् ।

जसमा लुक्ला आउने विमानले कार्गो सामाग्री लिएर आउने गरेका छन् भने काठमाण्डौँ फर्किदा यात्रु लिएर जाने गरेको प्राधिकरण प्रमुख श्रेष्ठको भनाई छ । खुम्बुमा वर्षको दुई सिजन फागुन अन्तिमदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै