spot_img

खोटाङका लागि छुटेको कर्मचारी सवार जीप सुनकोसीमा खस्यो

spot_img

जेठ १९, सोलुखुम्बु । काठमाण्डौँबाट खोटाङ आउँदै गरेको जीप सुनकोसी नदीमा खस्दा सीटीईभीटीका ३ जना कर्मचारी बेपत्ता भएका छन् । आज शुक्रवार मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोसीमा खस्दा तीन जना बेपत्ता भएका हुन् ।

Advertisement

बेपत्ता हुनेहरूमा सीटीईभीटीका प्रशासन शाखाका निर्देशक (सहसचिव) तनहुँको भानु नगरपालिका–९ का ५७ वर्षीय कृष्णबहादुर केसी, कार्यालयको योजना महाशाखाका निर्देशक पूर्वी नवलपरासीका यमप्रसाद घुर्तेल र कार्यालयका विद्युत् प्रशिक्षक इलामका भानु पौडेल रहेका छन् ।

Advertisement

जीपमा चार जना रहेकामा चालक दाङको राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेलेर नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको छ । सामान्य घाइते चालकको शुभ जीवन अस्पताल खुर्काेटमा उपचार भइरहेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारी चढेको बा १ झ ७४६७ नम्बरको जीप दुर्घटनामा परेको हो । बेपत्ताहरूको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको डीएसपी दाहालले जानकारी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै