spot_img

सोलुखुम्बु ट्रेल रेसका विजेता बस्नेत र शेर्पाले युरोपमा हुने म्याराथनमा सहभागिता जनाउने

spot_img

जेठ १९, सोलुखुम्बु । सोलुखुम्बुका दुई जना धावकले आगामी असार १ गतेबाट युरोपमा हुने म्याराथन(रेस)मा सहभागिता जनाउने भएका छन् ।

Advertisement

द स्मल वल्र्ड (टिएसडब्लु)ले आयोजना गरेको सोलुखुम्बु ट्रेल रेसमा प्रथम भएका एक महिला र एक पुरुष गरी दुई जना धावक फ्रान्समा हुने म्याराथनमा सहभागी हुन त्यसतर्फ जाने भएका हुन् ।

Advertisement

जुन १६ तरिखबाट सुरु हुने ४ विधाका विभिन्न म्याराथनका लागि सोलुखुम्बुका रबिन बस्नेत र ल्हामु शेर्पा जुन ११ तारिख त्यस तर्फ प्रस्थान गर्ने भएको टिएसडब्लुका अध्यक्ष कर्मा शेर्पाले जानकारी दिए ।

Advertisement

धावक बस्नेत र शेर्पा जुलाई १६ सम्म म्याराथनमा सहभागी भई सेप्टेम्बर १० तरिख नेपाल फर्किने कार्यक्रम रहेको छ । प्रतियोगिताका लागि आर्थिक व्यवस्थापन नेपाल ओलम्कि धावक दावा छिरी शेर्पाले गर्ने भएका छन् ।

सन् २०२० मा ’ओखलढुंगा र सोलुखुम्बुको सिमाना धापबाट गरिएको १५ दिन लामो ३ सय १० किलो मिटरको ‘सोलुखुम्बुु ट्रेल रेसमा पुरुषबाट रविन बस्नेत र महिलाबाट ल्हामु शेर्पा पहिलो भएका थिए ।

तल्लो भेगबाट सुरु भएर सगरमाथा आधार शिविर पुगि पुनःतल्लो क्षेत्रको फाप्लुमा आएर समापन भएको उक्त रेसमा विदेशी ६५ जना र नेपाली १५ जना गरी ८० जना धावकले सहभागीता जनाएका थिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै