spot_img

सोलुखुम्बुबाट गाडी मार्फत बाहिरिनेको चाप बढ्यो

spot_img

जेठ १८, सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट स्थलमार्ग हुँदै बाहिरिने यात्रुको संख्या वृद्धि भएको छ । सगरमाथा क्षेत्रमा पर्यटकीय सिजन सकिएसँगै जिल्लाबाट स्थलमार्ग हुँदै बाहिरिने यात्रुको संख्या वृद्धि भएको हो ।

Advertisement

विहिबार सल्लेरीबाट ३६ वटा चारपाङ्ग्रे सवारीमार्फत झण्डै ४०० जनाले जिल्ला छाडेका छन् । जिल्ला छाड्ने बढेसँगै सल्लेरीको यातयात टिकट काउन्टरहरुमा चाप बढेको व्यवसायी दोर्जी शेपाले बताए । जिल्ला भित्रिने यात्रु नगन्य रहेपनि एकतर्फी यात्रुकोे चाप बढी रहेको यातयात व्यवसायीहरु बताउँछन् ।

Advertisement

जिल्ला छाड्ने अधिकांश यात्रुहरु पर्यटन व्यवसायीहरु रहेका छन् । जिप मार्फत काठमाण्डौँ फर्किने पर्यटन व्यवसायीहरुको लकेजहरु भने ट्रक मार्फत लगिने गरेको बताइएको छ । साथै कोशी प्रदेशको धरान, विराटनगर लगायतका परिक्षा केन्द्रहरुमा शिक्षक सेवा आयोगको परिक्षा भएकाले पनि जिल्ला छोड्नेको संख्या बढेको बताइएको छ ।

Advertisement

ट्राफिक प्रहरी पोष्ट पत्तालेका इन्चार्ज सुदिन अधिकारीका अनुसार विहिबार १४ वटा सुमो र २ वटा बस मार्फत १८७ जना पुर्व गाएका छन् भने १९ वटा जिप र एउटा बस मार्फत १९५ जना काठमाण्डौँ गएका छन् । काठमाण्डौँ जाने यात्रुहरुमा केहि विदेशी पर्यटकहरु समेत रहेको ट्रफिक प्रहरी कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै