spot_img

अमेरिकाको एक सडकलाई तेन्जिङ नोर्गे शेर्पा नामाकरण

spot_img

जेठ १६, सोलुखुम्बु । अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उडसाइडको सडकलाई नेपालका तेन्जिङ नोर्गे शेर्पाको नामबाट नामकरण गरिएको छ । सगरमाथा दिवसको अवसरमा सोमबार न्यूयोर्क सिटीले पहिलो सगरमाथा आरोही नेन्जिङ नोर्गे शेर्पा सडक नामकरण गरेको हो ।

Advertisement

उक्त सडकलाई नामकरणका लागि विगत ६ वर्षदेखि स्थानीय रूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र युएसए नेपाल क्लाइम्वर्स एशोसिएसनले सिटीसँग पहल गर्दै आएको थियो । गत अप्रिलमा न्यूयोर्कको क्विन्सको डिष्ट्रिक २५ को सिटी काउन्सिलले अनुमति दिएको थियो ।

Advertisement

क्लाइम्वर्स एशोसिएसनका अध्यक्ष पासाङनिमा शेर्पाले सिटीको अनुमति पाएपछि सगरमाथा दिवसकै दिन पारेर उक्त सडकमा तेन्जिङ शेर्पाको नाम राखेको बताए । कार्यक्रममा सहभागी भएका र लामो समयदेखि न्यूयोर्कमा बस्दै आएका जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले नेपालीको नाममा सडकको नामकरण हुनु सुखद् क्षण भएको टिप्पणी गरे ।

Advertisement

यस अगाडि प्रथम दक्षिण एसियालीमूलकी कंग्रेसवुमन जेनिफर राजकुमारले एक सङ्कल्पपत्र पास गरेर मे २९ लाई सगरमाथा दिवसका रूपमा मान्यता दिलाउन सफल भएका थिए । त्यसैले सोमबार ७० औँ सगरमाथा दिवस पनि मनाइएको थियो ।

सोमबार आयोजित कार्यक्रममा तेन्जिङ शेर्पाका छोरा नोर्बु तेन्जिङ नोर्गे, दामे तेन्जिङ नोर्गेसमेत सहभागी भएका थिए । नेपाली नियोगका प्रतिनिधि, नेपाली समुदायका अगुवालगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै