spot_img

सगरमाथा आरोहणको ७० वर्षे इतिहास : साढे ७ हजार बढी शिखरमा, करिब ३ सयको मृत्यु

spot_img

सुबास दर्नाल, जेठ १४, सोलुखुम्बु । विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणको ७० वर्षको इतिहासमा साढे ७ हजार बढीले शिखरमा पाईला टेकेका छन् । सन् १९५३ मे २९ मा पहिलो पटक मानव पाईला पुगेको दिनदेखि हाल सम्मको अवधिमा करिब ७ हजार ८ सय ५१ जनाले शिखर चुमेको पर्यटक विभागले जनाएको छ ।

Advertisement

विभागका सुचना अधिकारी सर्य प्रसाद उपाध्यायका अनुसार सन २०२२ सम्ममा ७ हजार २ सय ५१ जनाले आरोहण गरेका छन् भने सन् २०२३ को चालु सिजनमा करिब ६ सय जनाले आरोण गरेको गरेका छन् । यस वर्षको वसन्तयाममा १३ जना आरोहीले सगरमाथा क्षेत्रमा ज्यान गुमाएका छन् ।

Advertisement

जसमा नेपालका ५ जना, मलेसियाका २ जना, चिन, भारत, अमेरिका, सिङ्गापुर, मालदोवा र अस्ट्रेलियाका १/१ जना छन् । ति मध्ये १० जनाको शव उद्धार भईसकेको छ भने ३ जनाको शव उद्धार हुन बाँकी छ ।

Advertisement

यद्यपी सगरमाथामा मानव पाईला पुगेको ७० वर्षको इतिहासमा कतिले ज्यान गुमाए भन्ने यकिन तथ्यांक कुनै पनि सरकारी निकायसँग नभएको विभागले जनाएको छ । जसका लागि विभिन्न एजेन्सीहरुसँगको समन्वयमा तथ्यांक सकंलन भईरहेको विभागका सुचना अधिकारी उपाध्यायले बताए ।

७० वर्षमा झण्डै ३०० जनाले सगरमाथामा ज्यान गुमाएको एजेन्सीहरुको तथ्यांक छ । नेपालले २९ मेलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउँदै आएको छ । विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला पुगेको दिनलाई नेपालले दिवसको रूपमा मनाउने गरेको हो ।

२९ मे १९५३ मा न्युजिल्यान्डका सर एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गरेका थिए । नेपालले त्यही दिन (२९ मे) लाई सन् २००७ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउन सुरु गरेको हो । अहिले सगरमाथाको उचाइ थप ८६ सेन्टिमिटरले अग्लिएको छ ।

नेपाल र चीनले संयुक्त रूपमा गरेको सर्वेक्षणपछि सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर पुगेको हो । सगरमाथाको नयाँ उचाइपछि पनि आरोहीहरूले नियमित आरोहण गरिरहेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै