spot_img

१०० वर्ष पुरानो चिवाङ गुम्बामा कोरियनले बनाए करोडौको होस्टेल

spot_img


जेठ १३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ चिवाङ गुम्बामा २ करोड बढीको लागतमा निर्माण गरिएको होस्टेलको उद्घाटन गरिएको छ । दातृ निकाय हम होङगिल ह्युमन फान्डेसन कोरियनले २ करोड २४ लाख ३५ हजार १०५ रुपैयाँको लागतमा निर्माण गरेको होस्टेलको आज शनिबार उद्घाटन गरिएको हो ।

Advertisement

होस्टेलको विश्व विख्यात हिमाल आरोही तथा समाजसेवी हम हङगिल, सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पा, वडाध्यक्ष युवास तामाङ लगायतले उद्घाटन गरेका हुन् ।

Advertisement

समुद्रि सतहबाट २ हजार ९०० मिटरको उचाईमा भिरको टापुमा अवस्थित गुम्बामा निर्माण गरिएको सो होस्टेलका लागि ७० प्रतिशत लगानी फाउन्डेसनले र ३० प्रतिशत लगानी स्थानीयले गरेको फाउन्डेसनका प्रोग्राम व्यवस्थापक निलम थापाले बताइन् ।

Advertisement

२ तलाको १० कोठे उक्त होस्टलमा ५० जना लामा विद्यार्थी र १० जना शिक्षक गरी ६० जना अट्न सक्ने क्षमता रहेको फाउन्डेसनका कार्यक्रम व्यवस्थापक निलम थापाले जानकारी दिइन् । साथै होस्टेललको दोश्रो तलामा निर्माण गरिएको हलमा वार्षिक ८०० जनालाई सेवा दिन सक्ने चिवाङ मनाष्ट्रि साङगे ट्रष्ट भवन निर्माण समितिले जनाएको छ ।

होस्टेल निर्माणका मुख्य सहयोगी तथा योजनाकार विश्व विख्यात हिमाल आरोही तथा समाजसेवी हम हङगिलले विश्वका ८ हजार माथिका १४ ओटा हिमाल र सगै जोडिएको दुई वटा गरी आठ हजार माथिका १६ वटा हिमाल आरोहण गरेको विश्वकै पहिलो व्यक्ति भएको जनाइएको छ ।

उनले नेपालमा विगत लामो समयदेखि स्वास्थ्य, शिक्षा तथा धार्मिक सम्पदा सर्वद्धनमा सहयोग गर्दै आएका छन् । हङगिलले हाल नेपालको १३ वटा जिल्लाको १६ वटा विद्यालयमा भौतिक तथा शैक्षिक क्षेत्रमा काम गर्दै आएको फाउन्डेनले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै