spot_img

सोलुमा ह्यूम पाईप मार्फत सञ्चालित सडकहरु अवरुद्ध

spot_img

जेठ ११, सोलुखुम्बु । वर्षात सुरु भएसगै सोलुखुम्बुको विभिन्न स्थानको खोलामा राखिएको ह्यूम पाईप प्रभावित भएको छ । हिउँदको समयमा सवारी सञ्चालनका लागि खोलाहरुमा राखिएको ह्यूम पाईपहरु खोला बढेसँगै अवरुद्ध भएको हो ।

Advertisement

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको मुक्ली र देउसाबाट जुबु जोड्न दुधकोशी नदीमा राखिएको ह्यूम पाईप माथिबाट पानी बग्न थालेको छ । मोटरेबल पुल नभएको उक्त स्थानमा गत मंसिर पहिलो साता २६ वटा ह्यूम पाईप राखिएको थियो ।

Advertisement

हाल वर्षातका कारण खोलामा पानीको बहाव बढेसँगै सिधा सवारी सञ्चालन अवरुद्ध भएको स्थानीयले बताएका छन् । सोताङ गाउँपालिका ४ र ५ को सिमाना हुँदै बग्ने हुँगा खोलामा राखिएको ८ वटा ह्यूम पाईप पनि वर्षातले अवरुद्ध बनाएको छ । नदिमा बढेको पानीको बहावका कारण पाईम माथिबाट पानी बग्न थालेको छ ।

Advertisement

यद्यपी स्थानीयले अवरुद्ध ह्यूम पाईम सफा गरेर तत्काललाई सवारी सञ्चालन गरेका छन् । महाकुलुङ गाउँपालिका १ र ४ लाई जोड्ने सडकका लागि थोकोदो स्थित बुदुम खोलामा राखिएको ह्यूम पाईपमा पनि समस्या आएको छ । पालिकाले एक महिना अघि राखेको १० वटा ह्यूम पाईप वर्षातले अवरुद्ध गरेको गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङले बताए ।

हिउँदको समयमा अस्थायी रुपमा सवारी सञ्चालन गर्न राखिएको ह्यूम पाईपहरु खोलामा पानीको सतह बढेसँगै सिधा सडक सञ्चालन अवरुद्ध हुन थालेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै