spot_img

सोलुुमा सवारी भाडादर समायोजन, सल्लेरी–काठमाण्डौँ जिप भाडा २० प्रतिशत घट्यो

spot_img

१९ बैशाख, सोलुखुम्बु । पर्यटकीय जिल्ला सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट संघीय राजधानी काठमाण्डौँसम्मको जिप भाडादर २० प्रतिशतले घटाइएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार जनप्रतिनिधि र यातयात व्यवसायीसहितको बैठकबाट २ हजार ३ सय ७५ रुपैयाँ रहेको सल्लेरी–काठमाण्डौँ जिप भाडादर २० प्रतिशत घटाउदै १ हजार ९ सय रुपैयाँ कायम गरेको हो ।

Advertisement

इन्धनको मुल्य घटेपनि वर्षौअघि तोकिएको सवारी भाडा कायम हुँदा यात्रु मर्कामा परेको भन्दै प्रशासनले भाडा समायोजन गरेको हो । समायोजित जिप भाडादर अनुसार सल्लेरी–विराटनगर २ हजार १ सय ७० निर्धारण रुपैयाँ निर्धारण गरिएको छ । यस अघि सल्लेरी–विराटनगर २ हजार ५ सय रुपैयाँ रहेको थियो ।

Advertisement

सल्लेरी–धरान २ हजार ४ सय रुपैयाँबाट घटाएर २ हजार १ सय २०, सल्लेरी–कटारी १ हजार ८ सय रुपैयाँबाट घटाएर १ हजार ४ सय ६० रुपैयाँ र सल्लेरी–ओखलढुंगा ७ सय रुपैयाँबाट घटाएर ५ सय रुपैया निर्धारण गरिएको छ । बैठकले स्थानीय तहसँगको समन्वयमा जिल्ला भित्र सञ्चालन हुने जिपको भाडा पनि समायोजन गरेको छ ।

Advertisement

सल्लेरी–छेस्काम १ हजार ८ सय रुपैयाँबाट घटाएर १ हजार ४ सय, सल्लेरी–सोताङको १ हजार ३ सय रुपैयाँबाट घटाएर ९ सय रुपैयाँ कायम गरिएको छ । जिल्ला भित्रका लागि सञ्चालित सवारी भाडाको हकमा सोलुदुधकुण्ड नगरपालिका बाहेक अन्य सबै पालिकाको भाडादर समायोजन गरिएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए ।

उक्त भाडादर पालिकाले सिफारिस गरेको आधारमा कायम गरिएका हो भने नगरपालिकाले भाडादर सिफारिस गर्न नसकेको भट्टराईले बताए । यद्यपी समायोजन गरिएको नयाँ भाडादर बैशाख २५ गतेबाट मात्रै लागु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इन्धनको मुल्य १० रुपैयाँ सम्म घटबढ भएको खण्डमा समेत उक्त भाडादर नै यथावत रहने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईको अध्यक्षतामा बसेको जिल्ला भाडादर निर्धारण समितिको उक्त बैठकमा सोताङ गाउँपालिका अध्यक्ष खिलाराज बस्नेत, सोलुदुधकुण्ड नगरपालिका उपमेयर गान्धी माया तामाङ, थुलुङ दुधकोशी गाउँपालिका ७ का वडाध्यक्ष भोजराज कार्की, यातयात व्यवसायी समिति, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिती थियो ।

नयाँ भाडादर यस प्रकार छ-

CamScanner 05 02 2023 18.40 1 1
spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै