spot_img

सोलुका मजदुरलाई छोएन मजदुर दिवसले, श्रमको मुल्य पाउनै कठिन !

spot_img

सुबास दर्नाल, १८ बैशाख, सोलुखुम्बु । सोमबार अन्तराष्ट्रिय मजदुर दिवस, सरकारले मजदुरको हक अधिकारका लागि भन्दै विभिन्न कार्यक्रम गरेर मनायो । तर, सोलुखुम्बुको सदरकाममै ज्यालादारी गरिरहेका मजदुरहरुलाई नत दिवसले छोयो नत अधिकारले नै ।

Advertisement

पर्यटकिय जिल्ला सोलुखुम्बु सदरमुकाम सल्लेरीमा गिटि कुट्दै गर्दा भेटिए सोलुदुधकुण्ड नगरपालिका ३ बोल्दोका एक बृद्ध पासाङ तामाङ । उमेरले ६७ वर्ष नाघिसकेका तामाङलाई न त मजदुर दिवसकै वास्ता छ नत अधिकार कै । ज्यानले साथ नदिदा समेत पेट पाल्नकै लागि मजदुरी गर्नै पर्ने बाध्यता रहेको तामाङको भनाई छ ।

Advertisement

एक जनाले मजदुरीको भरमा परिवार पाल्नुपर्ने मजदुरहरुको बाध्यता हो । दल तथा नेताहरुले चुनावको बेला मजदुर अधिकार र ज्यालाको ठुला ठुला भाषण छाट्ने गर्छन् । चुनाव सकिएपछि उनीहरुको दैनिकी फेरिन्छ तर तिनै मजदुरहरुको दैनिकी कहिल्यै फेरिदैन ।

Advertisement

नेचासल्यान गाउँपालिका १ लेब्लुका दावा शेर्पा भन्छन्, ‘खै मजदुरी गर्ने हाम्रो दैनिकी त कहिले फेरिने हो थाहा छैन् । यस्तै होला अब, विहान उज्यालो भएदेखि बेलुका रात नपरे सम्म काम गर्नै पर्छ ।’ जनताको ढाड भाचिने गरी भईरहेको मुल्य बृद्धि र काला बजारीको समेत तिनै मजदुरले सामना गर्नुपर्दछ ।

अरु त परको कुरा काम गरेको ज्याला लिन समेत संर्घष गर्नुपर्ने तितो यर्थाथ मजदुरसँग छ । महँगी बढ्दो छ, तर हाम्रो ज्याला कहिल्यै बढेको अनुभुती भएको छैन मलाई, यहाँ हेर्नुस न हामी यस्तो ठाउँमा रातदिन नभनी ढुंगा मुढाको काम गर्नुपछ, तर थोरै भएपनि ज्याला पाए त हुन्थ्यो नि त्यो पाउन पनि कत्ति गाह्रो छ, पैसा नै दिदैन ठेकेदारहरुले, काम गरेर बेलुका खानुपर्ने हामीलाई काम गरेको २ वर्षमा पनि ज्याला पाईदैन के गर्नु र खै !’, थुलुङ दुधकोशी गाउँपालिका ७ देउसाका राज कुमार तामाङले भने ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन भन्ने श्रम ऐनमा नै उल्लेख छ, तर ति अधिकारबाट अधिकांश मजदुरहरु बञ्चित छन् । यि सबै अघिकारलाई ख्याल नगरी ज्यालाकै लागि श्रम बेच्न विबश मजदुरहरु पारिश्रमिक लिन भने फलामकै चिउरा चपाए सरह नै गर्नुपर्ने बाध्यता छ ।

ठेकेदार कम्पनीहरुले आफुसँग रकम नै नभई उदारोमा काम गर्दाको परिणाम श्रमिकले बेहोर्नु परेको निर्माण व्यवसायी संघ सोलुखुम्बुका सदस्य राज कुमार खत्री बताउँछन् । उनले भने, ‘घाटी हेरी हाड निल्नुको सट्टा विना तयारी काम सुरु गर्ने अनि रकम ढिला निकासा हुँदा मजदुरहरु समस्यामा पर्ने गरेको कुरा सत्य हो ।

यसमा निर्माण व्यवसायी साथीहरु पनि गम्भीर हुनैपर्छ ।’ आर्थिक पक्ष मजदुरहरूको हक अधिकारसित सम्बन्धित छ । मजदुरमाथि शोषण छ दमन छ, उत्पीडन प्रवल अवस्थामा छ । उनीहरूलाई बढ्दो महंगीको अनुपातमा ज्याला उचित तलव सेवा सुविधा पाइराखेका छैनन् ।

औषधी उपचारबाट बञ्चित छन् । उनीहरूलाई सरकारले यस्तो सुविधाका बारेमा सूचित गराउन पनि सकेको छैन । मजदुरको हक अधिकारका लागि मुकलुकको तीनै तहको सरकारको ध्यान खासै जान सकेको देखिदैन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै