spot_img

सोलुमा परेन मिटरव्याज पीडितको उजुरी

spot_img

बैशाख १६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा मिटरव्याज पीडित बारे कुनै उजुरी नपरेको जनाइएको छ । सरकारले जाँचबुझ आयोग गठन गरि कार्य गरिरहेको आयोगमा जिल्लामा हाल सम्म कुनै पनि निवेदन नपरेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

पीडितहरु भएको खण्डमा निवेदन दिन सकिने प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त भट्टराईले बताए । तराईका जिल्लाहरुमा मिटरव्याज पीडितको समस्या विकराल बन्दै गएपछि गत चैत्र २० गतेको निर्णय अनुसुार ३ सदस्यीय आयोग गठन गरि प्रारम्भिक कार्य गरिरहेको छ ।

Advertisement

देशको ७७ वटै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा मिटरव्याज पीडित सहायता कक्षा सञ्चालन भईरहेकाले भएजतिको प्रमाणसहित निवेदन दिन आयोगले आवहन गरेको छ ।

Advertisement

साथै पीडितले सिधै आयोगमा अनलाईनबाट पनि निवेदन दिन सक्ने जनाइएको छ । आयोगले बैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना गरि कार्य सम्पादन सुरु गर्ने जनाइएको छ ।
के हो त मिटरव्याज ?
पहिला थोरै रकमबाट कर्जा लिएर आकर्षक ब्याज दिदै जाने अनि असल कर्जावालको रुपमा प्रतिस्थापन गरेपछि कर्जाको रकम बढाएर लाने अवैद्ध कार्य नै मिटरव्याज हो । यो मिटरब्याजमा पैसा लिदा कागज गर्न नपर्ने, सहज रुपले साहु माहाजनको मन जित्न सकिने हुदाँ कर्जा लिनेलाई सजिलो देखिन्छ ।

उनीहरुले जो कोहीलाई एककान, दुईकान हुन नदिन मैले रिन लिएको कसैलाई नभन्नु । यदि कसैलाई भनेको थाहा भो भने तिम्रो पैसा पाउने छैनौँ भनेर कर्जा दिनेलाई लामो समय सम्म मानसिक चावी लगाउने गरेको पनि पाईयो ।

यता कर्जा दिनेले पनि आफूसँग भएको पैसा आकर्षक ब्याज लिएर घरखर्च धान्ने एउटा व्यवसाय नै जस्तो गरेर पटक पटक कर्जा दिने गरेको देखियो । तर त्यसरी कर्जा दिदा अबैधानिक हुन्छ, मेरो लगानी डुब्न सक्छ भन्ने सोँचलाई पर राखेर साँवा भन्दा ब्याजको माया भन्ने कथन आत्मासाथ गरेको देखिएको छ ।

हालसालै यो मिटरब्याजले परिवार तथा कर्जा दिने ब्यक्तिहरुमा नै एकप्रकारको तनावको अवस्था सृजना गरेको छ । सबैले यसबेला आफूले दिएको कर्जा वापतको रकम साँवा मात्रै फर्काउन सकिन्छ कि भन्ने सोच पालेर कर्जा लिनेसँग पहल गरिरहेको छ ।

तर अफसोच कर्जा लिनेले त्यो रकम कहाँ लगानी गर्यो भन्ने कुरो पनि कतै देखाउन चाहँदैन । घरघरानाबाट असुलउपर गरिनुपर्छ भन्ने कुरो पनि उठान गर्न सकिरहेको छैन ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै