spot_img

दुई वर्षदेखि उपयोगविहीन बासाको होस्टेल स्टे एट स्कूलले सञ्चालनमा ल्यायो

spot_img

बैशाख १६, सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ३ बासामा दुई वर्षदेखि उपयोगविहीन गल्र्स होस्टेल सञ्चालनमा आएको छ ।

Advertisement

सन २०२१ मा रिहेल्प हष्ट्रेलिया नामक संस्थाले निर्माण गरि प्रयोगविहीन उक्त होस्टेल स्टे एट स्कूल नामक गैरसरकारी संस्थाले सञ्चालनमा ल्याएको हो ।

Advertisement

बासाखाली माविमा रहेको उक्त १२ कोठे होस्टलमा व्यवस्थापनका सबै काम गरि बैशाख १३ गतेबाट सञ्चालनमा ल्याएको स्टे एट स्कुलका जिल्ला संयोजक प्रदिप थापाले जानकारी दिए ।

Advertisement

जसका लागि संस्थाले ३१ लाख २३ हजार १९१ रुपैयाँ खर्च गरेको छ भने ४ लाख रुपैयाँ बराबरको काम स्थानीय जनश्रमदानबाट जुटाइएको थापाले बताए । २० जनाको क्षमता रहेको सो होस्टेलमा हाल सो क्षेत्रका विपन्न तथा जेहेन्दार २० जना छात्राहरु बसिरहेको संयोजक थापाको भनाई छ ।

स्टे एट स्कुलले केहि वर्षदेखि जिल्लाको शैक्षिक क्षेत्रमा योगदान गर्दै आएको छ । संस्थाले जिल्लाको लिखुपिके, सोलुदुधकुण्ड, थुलुङ दुधकोशी, माप्यदुधकोशी लगायत विभिन्न पालिकाको विद्यालयहरुको संरचना निर्माण गरि हस्तान्तरण गरिसकेको छ । हाल संस्थाले जिल्लाका करिब ४० जना विद्यार्थीलाई अध्ययनका लागि सहयोग गर्दै आएको जनाइएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै