spot_img

लोदिङको २ वटा सामुदायिक बन गाभियो, अध्यक्षमा र्‍याबीट

spot_img

बैशाख १५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ३ को दुई वटा सामुदायिक बन गाभिएको छ । आज शुक्रबार तामाखानीमा भएको उपभोक्ताहरुको भेलाले गुप्तेश्वरी महिला सामुदायिक बन पिकेखोपलाई पिके सामुदायिक बन लोदिङमा गाभ्ने निर्णय गरेको हो ।

Advertisement

यससँगै पिके सामुदायिक बनको नयाँ उपभोक्ता समिति समेत चयन गरिएको छ । लामो समयदेखि उपभोक्ता समिति विहीन बनेको पिके सामुदायिक बनको अध्यक्षमा सन्त बहादुर मगर (र्‍याबीट)को अधयक्षतामा १३ सदस्यीय उपभोक्ता समिति सर्वसम्मत चयन गरिएको वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाले जानकारी दिए ।

Advertisement

समितिको सचिवमा ल्हाक्पा ग्याल्जेन शेर्पा, कोषाध्यक्षमा याङजी डोमा तामाङ र सहसचिवमा बुद्धि बहादुर मगर चयन भएका छन् । पिके सामुदायिक बन विबादका कारण करिब ५ वर्षदेखि उपभोक्ता समिति विहीन हुँदा बन पैदावरका सबै कामहरु ठप्प बनेको थियो ।

Advertisement

जसका कारण उपभोक्ता मर्कामा परेको भन्दै वडाध्यक्ष ल्हाक्पा गेलु शेर्पाको पहलमा आमभेला डाकिएको बताइएको छ । नयाँ उपभोक्ता समितिले उपभोक्तालाई सहज हुने तवरले बन ऐन नियम अनुसार कार्य गर्ने नवनिर्वाचित अध्यक्ष सन्त बहादुर मगर र्‍(र्‍याबीट)ले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै