spot_img

इतिहासकै सबै भन्दा बढीले लिए सगरमाथा आरोहण अनुमती

spot_img

१३ बैशाख, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यो बर्ष इतिहासकै सबै भन्दा बढीले अनुमति लिएका छन् । बसन्त ऋतुमा आरोहण सिजन शुरु भएस“गै बुधबार सम्म ४ सय ६३ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले जानकारी दिए ।

Advertisement

अनुमति लिनेमा ३ सय ६७ जना पुरुष र ९६ जना महिला रहेका छन् । जस मध्ये पनि सबै भन्दा बढी ९६ जना चिनिया“ नागरिक छन् । यो पटक सगरमाथाबाट रोयल्टी पनि अत्याधिक मात्रामा संकलन भएको छ । आरोहीहरुबाट अहिलेसम्म ६५ करोड रुपैंया रोयल्टी रकम संकलन भईसकेको विभागले जनाएको छ ।

Advertisement

यता सगरमाथा आधारशिविरमा भने आरोहीहरुको चाप बढेको छ । आरोहण अनुमति लिएका ७० प्रतिशत आरोहीहरु आधार शिविर पुगिसकेको सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए ।

Advertisement

त्यस्तै कोरोना महामारी पछि खुम्बु क्षेत्रको पर्यटन व्यवसाय पनि फस्टाएको छ । खुम्बुका ८० प्रतिशत होटलहरु भरिभराउ रहेको पर्यटन ब्यवशायी छिमिकाल्देन शेर्पाको भनाई छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै