spot_img

तनहुँ १ मा स्वर्णिम वाग्ले भारी मतले विजयी

spot_img

तनहुँ । तनहुँ क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले भारी मतान्तरले विजयी भएका छन् । आज विहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार डा. वाग्लेले निकटतम प्रतिष्पर्धीसंग १४ हजार ७९७ मतान्तर बनाउँदै निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा विजयी घोषणा गर्न भने बाँकी रहेको छ ।

Advertisement

खसेको कुल ६५ हजार ३१६ मतमध्ये रास्वपाका डा. वाग्लेले ३४ हजार ९१९ मत ल्याएका छन् । उनका निकटतम प्रतिष्पर्धी काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाए भने एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत ल्याए ।

Advertisement

त्यस्तै राप्रपाकी शोभा गुरूङले २१८, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६, नागरिक उन्मुक्ति पार्टीका भिमबहादुर सुनारले ९९, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ८७, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१ र नेकपा समाजवादीका गणेश श्रेष्ठले ५ मत पाएका छन् । कुलमतमा ११८१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएको छ ।

Advertisement

रास्वपाका विजयी वाग्लेले गत मंसिर ४ मा काँग्रेसका विजयी उम्मेदवार रामचन्द्र पौडेलले भन्दा करिब १० हजार बढि मत पाएका हुन् । पौडेलले २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत ल्याएका थिए ।

त्यस्तै तेस्रो स्थानमा रहेका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए । त्यस्तै राप्रपाका उम्मेदवार विनोदकुमार घर्तीले २ हजार ४ सय ८४ मत ल्याएका थिए ।

राप्रपाले यसपटक ३ सय मत पनि कटाउन सकेन । निर्वाचित वाग्लेले कांग्रेसको भन्दा बढी एमालेबाट मत तानेका छन् । यसपटक एमालेको मत खस्केको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै