spot_img

सोलुमै पहिलो पटक नेलेमा गरियो मकै बालीको बिमा

spot_img

सोलुखुम्बु । सोलुखुम्बुमै पहिलो पटक थुलुङ दुधकोशी गाउँपालिका १ नेलेले मकै बालीको बिमा गराएको छ । रोग, किरा तथा अन्य विपत्तीबाट किसानलाई हुन सक्ने नोक्सानलाई कम गर्न वडाले जिल्लामै पहिलो पटक मकै बालीको बिमा गराएको हो ।

Advertisement

वडा कार्यालयले चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमै समावेश गरी २४७ जना किसानले १२२ हेक्टर क्षेत्रफलमा लगाएको मकै बालीको वडा कार्यालयले चालु आर्थिक वर्ष २०७९/०८० को बजेटमै समावेश गरी २४७ जना किसानले १२२ हेक्टर क्षेत्रफलमा लगाएको मकै बालीको बिमा गर्दा वडाले १ लाख ३८ हजार रुपैयाँ रकम भुक्तानी गरेको वडाध्यक्ष घनराज सुनुवारले बताए ।

Advertisement

किसानले एक हेक्टरमा लगाइएको मकै खेतीको ९३ हजार रुपैयाँ बराबरको बिमा गर्न पाउने नियम रहेको छ । नेले क्षेत्रका किसानले प्रतिव्यक्ति करिब आधा हेक्टर क्षेत्रफलमा मकै खेती गरेका छन् ।

Advertisement

विमा गरिएको बालीमा रोग, किरा तथा प्रकृतिक विपत्तीहहरुबाट क्षति भएको खण्डमा करिब ९० प्रतिशत रकम बिमा बापत पाउने बिमा कम्पनी आइएमइ जनरल इन्स्योरेन्स लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले जनाएको छ ।

नेलेले गराएको उक्त अन्न बाली बिमा जिल्लाकै पहिलो भएको इन्स्योरेन्स कम्पनीका शाखा प्रबन्ध खगेन्द्र बनले बताए । जिल्लामा फलफुल बिमा अधिकांश किसानहरुले गराएको भएपनि अन्नबालीको बिमा पहिलो पटक सुरु गरिएको प्रबन्ध बनले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै