spot_img

खुम्बुको माथिल्लो क्षेत्रमा खच्चर प्रतिबन्ध

spot_img

सोलुखुम्बु । पर्यटकीय क्षेत्र खुम्बुको त्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा खच्चरबाट सामान ढुवानी गर्न रोक लगाईएको छ ।

Advertisement

खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पर्यटकिय पदमार्गमा खच्चरका कारण फोहोर हुनका साथै बन्यजन्तु चोरी सिकारी नियन्त्रणमा समेत चु्नौती थपिएको भन्दै माथिल्लो क्षेत्रमा खच्चर प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

Advertisement

उक्त विषयमा गाउँपालिका र सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयको संयुक्त बैठकले पनि सो निर्णयलाई सदर गरेकोे छ । सोही अनुसार निकुञ्जले रणशुर गुल्म सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे ब्यारेकलाई त्याङबोचे, दिङेबुचे, फोर्चे तथा पाङबोचे क्षेत्रमा खच्चड लैजान रोक लगाउन निर्देशन दिएको छ ।

Advertisement

सगरमाथा आधारशिविर सम्म खच्चरबाट ढुवानी गर्दा बाटोमा हिड्ने पर्यटकलाई असुविधा भएको, खच्चर हाक्नेले बन्यजन्तुको चोरी सिकारी गर्ने गरेको र बन्यजन्तुको चरिचरणमा पनि प्रतिकुल असर परेकाले रोक लगाईएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्ययले जानकारी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै