spot_img

जुभिङबाट ५ जना मोतिविन्दुका विरामी छनौट

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको जुभिङबाट ५ जना मोतिविन्दुका विरामी छनौट भएका छन् । जिल्लामा आईतबारबाट सुरु भएको निःशुल्क मोतिविन्दु छनौट शिविरमा आज सोमबार दोश्रो दिन जुभिङ स्वास्थ्य चौकीबाट ५ जना छनौट भएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका आँखा कार्यकर्ता दिनेश राईले जानकारी दिए ।

Advertisement

उनका अनुसार जुभिङमा ९६ जनाले आँखाको परिक्षण गराएकोमा ५ जना मोतिविन्दुका विरामी छानिएका हुन् । तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको आयोजना तथा सम्बन्धित पालिकाको समन्वयमा भइरहेको शिविर वैशाख २९ गते सम्म जारी रहने आयोजकले जनाएको छ ।

Advertisement

यस्तै वैशाख ६ गते काँकु आधारभुत स्वास्थ्य चौकी, ८ गते वाकु स्वास्थ्य चौकी, १० गते पावै आधारभुत स्वास्थ्य केन्द्र र १२ गते छेस्काम स्वास्थ्य चौकीमा हुने छ ।

Advertisement

यस्तै वैशाख १४ गते गुदेल स्वास्थ्य चौकी, १६ गते लोखिम स्वास्थ्य चौकी, १८ गते काँगेल स्वास्थ्य चौकी, २० गते केरुङ स्वास्थ्य चौकी, २१ गते गोराखानी स्वास्थ्य चौकी, २२ गते नेचाबेतघारी र २६ गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा छनौट शिविर हुने आँखा केन्द्र प्रमुख विधान ताम्राकारले बताए ।

छनौट भएका मोतिविन्दुका विरामीहरुलाई वैशाख २८ र २९ गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा तिलगंगा आँखा अस्पतालका सन्दुक रुइतसहितका विषेशज्ञहरुद्वारा शल्यकृया शिविर आयोजना गरिने जनाइएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै