spot_img

जीवनको ४ दशक खुम्बुको पदयात्रा निर्माणमा सकृय शेर्पाको निधन

spot_img

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा पदयात्रा निर्माणका अभियान्ता पासाङ शेर्पाको ८१ वर्षको उमेरमा निधन भएको छ । माप्यदुधकोशी गाउँपालिका ४ काँकुमा वि.स.१९९९ मा जन्मिएका शेर्पाको आईतबार खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ नाम्चेमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

Advertisement

उनले २०४१ साल देखि आफ्नो जीवननै खुम्बु क्षेत्रको पर्यटन मार्ग निर्माणमा समर्पण गरेका थिए । सगरमाथा क्षेत्रको जिर्ण पदमार्ग निर्माणका लागि विदेशी पर्यटकहरुबाट चन्दा संकलन गरी बाटो मर्मत गर्दै आएका थिए ।

Advertisement

उनले ठाउँ ठाउँमा गरी १० किलो मिटर भन्दा बढी पदमार्ग चन्दा संकलनकै माध्यमबाट निर्माण गरेको खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए ।

Advertisement
1 1

जसका कारण हजारौँ पर्यटकहरुलाई सहजता भएको जानकारहरु बताउँछन् । उनको आज खुम्बुका जनप्रतिनिधि, नाम्चे गुम्बा, नाम्चे युवा समुह, नेपाल प्रहरीसहितको सहभागितामा नाम्चे नजिकै बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै