spot_img

लुक्लामा आत्मदाहको प्रयास गरेकी किशोरीको मृत्यु

spot_img

सोलुखुम्बु । सोलुखुम्बुमा आत्मदाहको प्रयास गरेकी १६ वर्षीया किशोरीको उपचारको क्रममा मृत्यु भएको छ । गत चैत्र २६ गते खुम्बु पासाङ ल्हामु गाउँपालिका २ लुक्लामा आफैले शरिरमा आगो लगाएकी सकुन्तला तामाङको आज सोमबार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ५ जुबुकी तामाङको किर्तिपुर स्थित बर्न अस्पतालमा विहान ६ः३० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक श्रेष्ठले जानकारी दिए ।

Advertisement

ति किशोरीले चैत्र २७ गते राती साडे ८ बजे शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी थिइन् । आगोले शरिरको विभिन्न भाग जलेका उनको पासाङ ल्हामु निकोलनिकी अस्पताल लुक्लामा समान्य उपचार पश्चात थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको थियो ।

Advertisement

आगो निभाउने क्रममा उनकी आमा राधा कुमारी राई तामाङ सामान्य घाईते भएकी थिइन् । उनको बर्न अस्पतालमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै