spot_img

सोलुले आगलागीबाट ९ महिनामा १० करोड बढीको सम्पती गुमायो

spot_img

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुले आगलागीबाट ९ महिनामै १० करोड बढीको क्षति व्यहोरेको छ । जिल्लामा चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो ९ महिनामा १० करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Advertisement

कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार चालु आर्थिक वर्षमा सबै भन्दा बढी थुलुङ दुधकोशी गाउँपालिकामा ५ करोड ७७ लाख २३ हजार मुल्य बराबरको क्षति भएको छ भने सबै भन्दा कम खुम्बु पासाङ ल्हामु गाउँपालिकाको १ लाख ७५ हजार रुपैयाँको क्षति भएको छ ।

Advertisement

यस्तै सोलुदुधकुण्ड नगरपालिकामा ३ करोड १७ लाख ६५ हजार र नेचासल्यान गाउँपालिकामा ३ लाख बराबरको क्षति भएको छ । ९ महिनामा २५ वटा आगलागीका घटना हुँदा ३ दर्जन बढी घर तथा घर भित्र रहेका धनमल जलेर नष्ट भएको प्रहरी निरीक्षक शाहले बताए ।

Advertisement

अधिकांश आगलागी विद्युत सर्ट भएर भएको छ भने केहि मात्रामा चुलोबाट सल्किएको आगोले समेत घर जलेर नष्ट भएका छन् । जिल्लाको सोताङ, महाकुलुङ, लिखुपिके र माप्यदुधकोशी गाउँपालिकामा भने आगलागीबाट कुनै क्षति नभएको प्रहरीको तथ्यांकले देखाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै