spot_img

नयाँ वर्ष २०८० शुभारम्भ, हर्षाेल्लासकासाथ मनाइँदै

spot_img

काठमाण्डौ – आज विक्रम सम्वत् २०८० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो ।

Advertisement

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एकआपसमा शुभकामना आदानप्रदान गरी मनाउँदै छन् । यस्तै, आजका दिन योजना बनाउने र कुनै काममा सफलता पाउनका लागि सङ्कल्प गर्ने चलन समेत रहेको छ ।

Advertisement

आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । आज धेरैले गएको वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना बनाउने एवम् सङ्कल्प गर्ने गर्दछन् ।

Advertisement

आज बिहानै स्नान गर्ने, घर, कोठा–आँगन सफा गर्ने तथा आफन्त, परिवार र साथीभाइसँग भेटघाट गर्दै मिष्टान्न भोजन बनाएर खाने चलन छ । नयाँ वर्षका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सबै नेपालीलाई शुभकामना दिए छ । आज शुभकामना दिँदै उनले राष्ट्रपतिले पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ भएका र यिनै अवयवको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति नागरिकको भरोसा जागृत हुनेमा आफू विश्वस्त रहेको बताए ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने बताए। नयाँ वर्ष २०८० को अवसरमा शुभकामना दिँदै उहाँले केवल क्यालेन्डर मात्र परिवर्तन नगरि नेपाल राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने सङ्कल्प गरेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै