spot_img

ऐसेलुखर्कमा बोलेरो दुर्घटना हुँदा ७ घाईते, ३ जनालाई काठमाडौँ लगियो

spot_img

सोलुखुम्बु । खोटाङको ऐसेलखर्क गाउँपालिका ५ महेश्वरीमा बोलेरो दुर्घटना हुँदा ७ जना घाईते भएका छन् । आज आईतबार विहान अन्दाजी ९ बजे ऐसेलुखर्क बजारबाट विरामी सहित ८ जना यात्रु लिए तुईन्टार जाँदै गरेको बोलेरो सानो डुम्रेमा दुर्घटना हुँदा ७ जना घाईते भएका हुन् ।

Advertisement

जसमा गम्भीर घाईते २ पुरुष र १ महिला गरी ३ जनालाई हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईले जानकारी दिए ।

Advertisement

उनका अनुसार गम्भीर घाईतेहरुको खुट्टा, तथा करङ भाँचिएको छ भने टाउकोमा समेत चोट लागेको छ । अन्य समान्य घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको अध्यक्ष राईले बताए ।

Advertisement

तिब्र गतिका कारण दुर्घटना भएको उक्त बोलेरो सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै