spot_img

सुरु भयो बरुन्त्से हिमाल सफाई अभियान, सिडिओ भट्टराईले गरे विदाई

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ मा अवस्थित बरुन्त्से हिमाल सफाई अभियान सुरु भएको छ । नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय मार्फत नेपाली सेनाले गर्ने बरुन्त्से हिमाल सफाई अभियान आज विहिबारबाट सुरु भएको हो ।

Advertisement

अभियानका लागि नेपाली सेनाका मेजर समिर बहादुर बस्नेतको नेतृत्वमा ९ जना तालिम प्राप्त नेपाली सेना र १४ जना शेर्पा गरी २३ जनाको टोली खटिएका छन् । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त भट्टराईले खादा लगाई शुभकामनासहित विदाई गरेका छन् ।

Advertisement

टोलीले ७ हजार १२९ मिटर उचाई भएकोे बरुन्त्से हिमालको आधार शिविर ५६ सय मिटर उचाईदेखि सफाई अभियान थाल्ने अभियानका संयोजक मेजर समिर बहादुर बस्नेतले सत्य प्रेससँग बताए ।

Advertisement

उक्त अभियान मार्फत हिमालमा रहेका विभिन्न क्यानका बट्टा, प्लाष्टिक, कपडा, रबर लगायतका फोहोर संकलन गरिने छ । टोलीले कम्तीमा १० टक फोहोर संकलन गर्ने लक्ष्य लिएको छ भने संकलित फोहोर कुहिने र नहुकिने दुई भागमा विभाजन गरिने संयोजक बस्नेतको भनाई ।

जसमा कुहिने फोहोर हेलिकप्टर मार्फत महाकुलुङ गाउँपालिकाको बुङमा ल्याई नष्ट गरिने छ भने नकुहिने फोहोर महाकुलुङबाट गाडी मार्फत काठमाण्डौँ लैजाने संयोजक बस्नेतले बताए । अभियान ४५ दिनपछि विश्व वातावरण दिवसको अवसरमा जेष्ठ २२ गते समापन हुने छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै