spot_img

सगरमाथा क्षेत्रमा एक अस्ट्रेलियन नागरिकको ज्यान गयो

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा एक अस्ट्रेलियन नागरिकको ज्यान गएको छ । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका २ रात्माटेमा अस्ट्रेलियन नागरिक ६३ वर्षीय भ्यालेन्स फिलिप्स थोमसको सोमबार ज्यान गएको पर्यटक प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।

Advertisement

कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) पुर्ण दाहालका अनुसार आईतबार नै रामेछापको मन्थलीबाट लुक्ला विमानस्थल ओर्लिएका थोमस त्यहाँबाट संखुवासभा जाने कार्यतालिका थियो ।

Advertisement

हिड्दै गर्दा एक्कासी उकालो बाटोमा ढलेका उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । थोमससहित ३ जना अस्ट्रेलियन नागरिक नेपाली गाईड योग्य बहादुुर कार्कीको नेतृत्वमा लुक्लाबाट मेरापिक हुँदै संखुवासभाको तुम्लिङटार तर्फ अघि बढेका थिए ।

Advertisement

शवको कानुनी प्रकृया पुरा गरिएको छ भने उनको शव भोली हेलिकप्टर मार्फत पोष्ट मार्टमका लागि काठमाण्डौँ लैजाने प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै