spot_img

सगरमाथाको फेदीमा प्रशासनको नजर, एक लाख बढीको अखाद्य वस्तु जफत

spot_img

सोलुखुम्बु । विश्वको सर्वोच्व शिखर सगरमाथाको फेदीमा रहेको नाम्चे बजारको होटल पसलहरुमा प्रशासनको नजर परेको छ । सिमा प्रशासन कार्यालय नाम्चेले गरेको बजार अनुगमनमा १ लाख ४२ हजार रुपैयाँ भन्दा बढी मुल्यको म्याद गुज्रिएका वस्तु जफत गरी नष्ट गरिएको हो ।

Advertisement

नाम्चे क्षेत्र र छोङक्याममा रहेको होटल पसल, फार्मेसीबाट १ लाख ४३ हजार ५५० रुपैयाँ बराबरको अखाद्य वस्तु जफत गरी नष्ट गरिएकोे छ । २६ वटा पसलमा नापतौल गर्ने ढक भए–नभएको, मुल्यसुची भए–नभएको, दर्ता नविकरण, म्याद गुज्रिएको लगायतका विषयमा बजार अनुगमन गरिएको सिमा प्रशासन कार्यालय नाम्चेले जनाएको छ ।

Advertisement

जफत गरिएको वस्तु वडा नम्बर ५ को कार्यालय नजिकै नष्ट गरिएको कार्यालय प्रमुख सुजन कुमारी बर्देवाले जानकारी दिईन् ।

Advertisement

स्थानीय जनप्रतिनिधि, खुम्बु सामुदायिक सेवा केन्द्र र एसपीसीसी, नाम्चे मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, नाम्चे होटल तथा लज व्यवसायी संघ तथा स्थानीय व्यक्तिहरुको सहकार्य तथा समन्वयमा बजार अनुगमन गरिएको प्रमुख बर्देवाले बताईन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै