spot_img

सोलुखोलाबाट अवैध उत्खनन् तिब्र, नियमनकारी निकाय मौन

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको सोलु खोला ढुंगा, गिटी उत्खनन् गर्ने थलो बनेको छ । केहि समययता सोलुदुधकुण्ड नगरपालिका ४ र ५ क्षेत्रको सोलुखोला अवैध रुपमा ढुंगा गिटी तथा बालुवा उत्खनन् गर्ने अखडा बनेको हो । अहिले सोलुखोलाको विच भागबाटै डोजर प्रयोग गरी धमाधम ढुंगा उत्खनन् भईरहेको स्थानीयले बताएका छन् ।

Advertisement
4 2

खोला नै सुकाएर विचबाट निकालिएको नदिजन्य पदार्थहरु गाडीका गाडी निकासी भईरहेको सर्वसाधरणले बताएका छन् । नाम नखुलाउने सर्तमा एक स्थानीयले भने, ‘सोलुखोला अहिले ढुंगा, बालुवा उत्खनन गर्ने थलो बनेको छ, तर सम्बन्धित निकाय मौन् छ, मेसिन लगाएर दिनरात नभनी नदिजन्य पदार्थ उत्खनन भईरहेको छ र रातरात गाडीबाट निकासी भईरहेको छ ।’

Advertisement

खोलाबाट निकालिएका नदिजन्य बस्तुहरु विभिन्न क्रसर उद्योग तथा आयोजनाहरुमा बिक्री भईरहेको प्रत्यक्षदर्शीले बताएका छन् । खोलामै मेसिन लगेर उत्खनन भईरहेको नदिजन्य पदार्थहरु खोलामै टिप्पर तथा ट्याक्टर लगेर खुलेआम रुपमा निकासी भईरहेको स्थानीयबासी बताउँछन् ।

Advertisement
3 1

हाईड्रोपावर आयोजनाका कारण खोलामा पानी सुकाएर बगरमा परिणत भएसँगै क्रसरहरुको नजर नदीजन्य पदार्थ उत्खनन परेको हो । जसका कारण नजिकका वस्तीहरु तथा पर्यवरणमा समेत असर गर्न सक्ने स्थानीयको चिन्ता छ । यसले गर्दा वातारणदेखि प्राणीजगतको जीवनचक्रमा समेत खलल पुग्न सक्ने वातावरण विज्ञ राजन थापाले चिन्ता व्यक्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले भने सोलुदुधकुण्ड नगरपालिकाले अनुमती दिएको बताएको छ । क्रसर उद्योगहरुसँग आफुले कुरा गर्दा नगरपालिकाबाट अनुमती लिएर उत्खनन गरेको बताएको प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले बताए । तर यता नगरपालिकाले भने उत्खनन्को कुनै अनुमती नदिएको बताएको छ ।

2 1

नगरपालिकाले कुनै पनि क्रसरहरुलाई अवैध उत्खनन् गर्ने अनुमती दिन नमिल्ने भन्दै त्यस्तो कार्य बन्द गराउने नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले बताए । नेपाल सरकारको ढुंगा, गिटी तथा बालुवा उत्खनन् तथा व्यवस्था कार्यविधि २०७७ मा कुनै पनि नदिजन्य वस्तुहरु नदिको स्वरुप नै परिवर्तन हुने गरी उत्खनन् गर्न नपाईने स्पष्ट व्यवस्था छ ।

साथै नदि क्षेत्रबाट नदिजन्य पदार्थ उत्खनन गर्दा अनिवार्य रुपमा वातावरण प्रभाव मुल्यांकन (इआइए) गर्नुपर्ने कानुनी प्रावधान छ । तर सोलुखोलामा आफुखुसी अवैध तवरले धमाधम नदिजन्य पदार्थ उत्खनन गर्ने क्रम तिब्र भएको छ । तर पनि नियमनकारी निकाय मौन बसेको

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै