spot_img
spot_img

खुम्बुमा सडक खन्ने क्रममा घाईते भएका शेर्पाको खुट्टा जोडियो

spot_img

सोलुखु्म्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका १ थामडाँडामा सडक निर्माणको क्रममा घाईते भएका कामदार पेमनुरी शेर्पाको खुट्टा जोडिएको छ । ङिमदोर्जी शेर्पा सडक ट्रयाक ओपन गर्ने क्रममा गत बुधबार माथिबाट खसेको पहिरोमा परी दाहिने खुट्टाको हड्डी दुई टुक्रा भएका शेर्पाको अप्रेसन गरी खुट्टा जोडिएको हो ।

Advertisement

पहिरोमा शेर्पाको दाहिने खुट्टाको गोली गाँठाको हड्डी दुई टुक्रामा विभाजित भएको थियो भने ढाडमा समेत चोट लागेको थियो । घटना लगत्तै हेलिकप्टर मार्फत उद्वार गरी काठमाण्डौँ लगिएका शेर्पाको अहिले ट्रमा सेन्टर काठमाण्डौँमा उपचार भईरहेको सडक निर्माणकर्ता विरुवा एडि जेवी निर्माण कम्पनीका कन्ट्रयाक्टर दावा शेर्पाले बताए ।

उनका अनुसार घटना लगत्तै काठमाण्डौँको अर्थोपेटिक अस्पताल पु¥याएका शेर्पालाई त्यहाँ उपचार सम्भाव नभएपछि ट्रमा सेन्टर लगिएको थियो । सोही रात ट्रमा सेन्टरमा घाईतेको खट्टामा स्टिल राखेर अप्रेसन गरिएको जनाइएको छ । अहिले उनको ढाडको अप्रेसन गर्ने तयारी भईरहेको अस्पतालले जनाएको छ ।

Advertisement

घाईतेको उद्वार गर्न प्रयोग गरिएको हेलिकप्टर चार्ज भने खुम्बु पासाङ ल्हामु गाउँपालिकाले बेहोरेको निर्माण कम्पनीका प्रतिनिधि दावा शेर्पाले बताए । उपचारमा लागेको खर्च भने विमाले बेहोर्ने जनाइएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै