spot_img

आन्तरिक पर्यटकको आर्कषणमा बागबानी

spot_img

सोलुखुम्बु । सोलुखुम्बु सदरमुकाम सल्लेरी नजिकै रहेको बागबानी नामले परिचित कृषि ज्ञान केन्द्रको फाम व्यवस्थापन शाखा आन्तरिक पर्यटकको केन्द्र बन्न थालेको छ । वसन्त ऋतु सुरु भएसँगै बागबानीमा पुग्ने अवलोकनकर्ताहरुको भिड अत्याधिक बढेको हो ।

Advertisement

हामी बागबानी पुग्दा सोलुदुधकुण्ड नगरपालिका ५ नयाँ बजारकी याङजी शेर्पा, फुलसँग हास्दै, रमाउँदै तस्विर खिच्नमा निक्कै व्यस्त थिइन् । उमेरले ५० वर्ष काटिसकेकी याङ्जीले बागबानीको सुन्दर दृष्य र वातावरणमा रमाउँदा साच्चै स्वर्गको अनुभुति गरिन् ।

Advertisement

उनले भनिन, ‘कति राम्रो ठाउँ, मलाई त स्वर्ग नै जस्तो लाग्यो, नानीहरुले आमा बागबानी घुम्न जाउँ न भनेर आको यहाँ आउँदा त मान्छे पनि कति धेरै आउने रहेछ, रमाईलो पनि त्यति कै ।’ तत्कालिन बागबानी विकास केन्द्र रहेको उक्त स्थानमा पुग्ने अवलोकनकर्ताहरु ढकमक्क फुलेका फलफुलका फुलहरुसँग रमाएर मात्रै फर्किदैनन कि कतिपय कृषकहरुले कृषि सम्बन्धी विभिन्न ज्ञान समेत लिने फर्कन्छन् ।

Advertisement

बागबानीमै भेटिएका गार्माका कामीसर्की शेर्पाले भने, ‘म यहाँ खासमा यो फलफुल र तरकारी खेतीहरु कसरी गर्नुपर्ने रहेछ भनेर यसो बुझ्न आको, तर यहाँ आउँदा यति धेरै रमाईलो देखेकी साच्चै मन आनन्द भयो, यहि माथि फाप्लु तिर हेर्दा बसन्त ऋतु सुरु भएको फिल नै हुन्न तर यहाँ आएपछि भने साच्चै बसन्त ऋतु सुरु भएछ भन्ने आभास भयो ।’

पछिल्लो समय बागबानी पुग्ने अवलोकनकर्ताको संख्या सोचे भन्दा फरक छ । सल्लेरी नजिकै भएकाले पनि दैनिक रुपमा मोटर साईकल, टेम्पो तथा गाडी नै लिएर बागबानी पुग्ने जमात बढ्दै छ । यहाँ पुग्ने कतिपय कर्मचारी, विद्यार्थी तथा बालबालिकाहरु फोटो, भिडियो तथा टिकटक बनाउनमा व्यस्त हुन्छन् भने कृषकहरुले अवलोकनसँगै कृषि प्रविधि सिक्ने गरेको बागबानी विकास अधिकृत चन्द्र फडेराको भनाई छ ।

‘अहिले दैनिक १५० जना सम्म अवलोकनकर्ताहरु यहाँ आउने गर्छन् । कोही बेला त साच्चै मेला नै पो लागेको होकी भन्ने समेत आभास गराउँछ । यहाँ ढकमक्क फुलेका फुलहरु हेर्न रमाउन र कृषि प्रविधि सिक्न पनि मानिसहरु आउने गर्दछन् ।’, अधिकृत फडेराले भने । सोलुखुम्बुको फाप्लु स्थित फाम व्यवस्थापन शाखा (बागबानी) जिल्लाकै सबैभन्दा ठूलो सरकारी बगैँचा हो ।

३ सय ५१ रोपनी क्षेत्रफलमा फैलिएको यस शाखामा दर्जनौ प्रजातीका फलफुलका विरुवा, त्यतिकै संख्यामा तरकारी तथा अन्य विरुवाहरु समेत छन् ।

जहाँ विरुवा उत्पादनदेखि फलफुल उत्पादन सम्मको कार्य हुने गर्दछ । ति हरियाली बोटविरुवाहरुमा ढकमक्क फुलेको फुलहरुले यतिखेर बागबानी झकिझकाउ बनेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै