spot_img
spot_img

तिब्बतीलाई नेपाली नागरिकता बनाईदिने ५ जना पक्राउ

spot_img

सोलुखुम्बु – प्रहरीले तिब्बती शरणार्थीहरूलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न गिरोहलाई पक्राउ परेको छ । प्रहरीले बुधवार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो ।

Advertisement

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापाका कृष्णबहादुर कटवाल, भक्तपुरका न्युल्केश श्रेष्ठ, मोरङका हिरालाल शिवाकोटी, तनहुँका लोब्साङ ठिन्ले र ललितपुरका विजय लामालाई पक्राउ गरेको हो । उनीहरूले झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी गैरनेपाली व्यक्तिहरूको सक्कलै नेपाली नागरिकता बनाइदिने गरेको पाइएको कार्यालयका प्रहरी उपरीक्षक (एसपी) एवम् प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

पक्राउ परेकामध्ये कटवाल १० वर्षदेखि लेखापढी व्यवसायमा संलग्न व्यक्ति रहेका प्रहरीले जनाएको छ । पक्राउ परेका नेपाली नागरिक न्युल्केश श्रेष्ठले प्रतिपटक १० हजार रुपैयाँका दरले भाडामा नक्कली बाबु बनेर पाँच जनाको नागरिकताका लागि सनाखत गरेको पाइएको छ ।

Advertisement

गिरोहले तिब्बती शरणार्थीको नागरिकता बनाउन प्रतिव्यक्ति तीनदेखि पाँच लाख रुपैयाँसम्म लिने गरेको पनि अनुसन्धानबाट खुलेको एसपी राठौरले जानकारी दिए । यो गिरोहले गएको ६ वर्षमा पाँच सय जनाभन्दा धेरै तिब्बतीलाई नागरिकता बनाइदिएको प्रहरीको अनुमान छ ।

तिब्बतीलाई नागरिकता बनाइदिएको आशङ्कामा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा कार्यरत पूर्व तथा बहालवाला कर्मचारीहरूमाथि समेत अनुसन्धान भइरहेको राठौरले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै