spot_img
spot_img

खुम्बु आइसफलमा बन्यो सगरमाथा आरोहण गर्ने बाटो

spot_img

सोलुखुम्बु । सगरमाथा आरोहणका लागि खुम्बु आइसफलमा बाटो बनाउने काम सकिएको छ । दोस्रो शि

Advertisement

विरका लागि बाटो बनाउने जिम्मेवारी पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) बाट खटिएका आइसफल डाक्टर अर्थात् हिउँमा बाटो बनाउने कामदारहरूले खुम्बु आइसफलमा भ¥याङ राख्ने, डोरी टाँग्ने लगायतका काम गरी बाटो बनाएका हुन् ।

अहिले दोस्रो शिविरसम्म पुग्नका लागि बाटो बनाउने काम अन्तिम चरणमा पुगेको एसपीसीसीले जनाएको छ । यो बाटोबाट सगरमाथासहित ल्होत्से र नुप्त्से हिमालको पनि आरोहण गरिन्छ ।

Advertisement

दोस्रो शिविरसम्मको बाटो तयार भइसकेपछि त्योभन्दामाथिको बाटो भने आरोहण गराउने कम्पनीहरूले निर्माण गर्दै आएका छन् । यसैबीच वसन्तयाममा नेपालका हिमाल चढ्नका लागि अनुमति लिने क्रम सुरु भएको छ । वैशाख जेठमा हुने पर्वतारोहणका लागि आरोहीहरूले अनुमति लिने क्रम सुरु भएको पर्यटन विभागले जनाएको छ ।

आरोहीका लागि अनुमति दिने तथा आरोहण प्रमाणीकरण गर्ने काम पर्यटन विभागले गर्दै आएको छ । विभागको तथ्याङ्कअनुसार अहिलेसम्म पाँच वटा हिमाल आरोहणका लागि ५० जनाले अनुमति लिएका छन् । अनुमति लिनेमध्ये ३३ जना पुरुष र १७ जना महिला रहेका छन् । सबैभन्दा धेरै अन्नपूर्णका लागि ३४ जनाले अनुमति लिएका छन् ।

यस्तै सुर्मा सरोभरका लागि दुई जना, पङ्ग्री गोल्डुम्बाका लागि छ, मनास्लुका लागि दुई र थोरङ पिकका लागि पाँच जनाले अनुमति लिएका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine
Google search engine

भर्खरै