spot_img

स्ववियु निर्वाचन : सोलुखुम्बु बहुमुखी क्याम्पसमा ५८ प्रतिशत मत खस्यो

spot_img

सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनमा ५८.१२ प्रतिशत मत खसेको छ । आज आईतबार भएको मतदानमा कुल ४२५ मतदाता मध्ये २४७ अर्थात ५८.१२ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।

Advertisement

विहान ८ः५५ बाट सुरु भएको मतदान अपराहन्न ४ बजे सकिएको छ । मत गणना केहि बेरमा सुरु गर्ने तयारी गरिएको छ भने मत परिणाम पनि आजै आउने जनाइएको छ । यहाँ नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानल तथा अखिल र समाजवादी विद्यार्थी संगठनको संयुक्त प्यानल चुनावी मैदानमा छन् ।

Advertisement

नेविसंघले सभापति र कोषाध्यक्षमा उम्मेदवारी दिएको छ भने अखिल क्रान्तिकारीले उपाध्यक्ष र सचिवमा उम्मेदवारी छ ।

Advertisement

नेविसंघ र अखिल क्रान्तिकारीको प्यानलबाट अध्यक्षमा सरीता राई, सचिवमा गणेश थापा र कोषाध्यक्षमा देविकला राई उम्मेद्वार छन् भने अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनको प्यानलबाट अध्यक्षमा नरेन्द्र कुलुङ, सचिवमा पासाङ काजी तामाङ र कोषाध्यक्षमा सजिना प्रधान उम्मेद्वार छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै