spot_img

नेपालमा फेरि बढ्न थाले कोरोना सङ्क्रमित

spot_img

काठमाण्डौँ । कोरोना भाइरसका सक्रिय सङ्क्रमित फेरि बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित दैनिक बढिरहेका हुन् ।

Advertisement

फागुन २६ गते सक्रिय सङ्क्रमित पाँच, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ जना सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हिजो ६ जना नयाँ सङ्क्रमित र २० सक्रिय सङ्क्रमित रहेका छन् ।

Advertisement

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा सङ्क्रमण बढ्दै गएकाले त्यसको असर नेपालमा पर्न थालेको बताए ।

Advertisement

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउन, खोपको अतिरिक्त मात्रा अर्थात् (बुस्टर डोज) लगाउन आग्रह गरेको छ ।

डा. दासका अनुसार सङ्क्रमण फैलन नदिन स्वास्थ्यका मापदण्डहरु भिडभाडमा जाँदा मास्क लगाउने, सङ्क्रमित व्यक्तिसँग भौतिक दूरी कायम राख्नेलगायतका आवश्यक स्वास्थ्य सावधानी अपनाउन आवश्यक छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै