spot_img

सोलुखुम्बुले पायो अटो सञ्चालनको कानुनी मान्यता

spot_img

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यातयात सेवा प्रदान गर्दै आएको अटो रिक्सा (टेम्पो) सञ्चालनका लागि कानुनी प्रकृया पुरा भएको छ । अटो रिक्सा सञ्चालानका लागि पहिलो पटक आज(शुक्रबार) यातयात कार्यालय ओखलढुंगामा सोलुखुम्बु अटो प्रा.लि. दर्ता भएसँगै जिल्लामा वैधानिक रुपमै अटो रिक्सा (टेम्पो) सञ्चालानको बाटो खुलेको हो । 

Advertisement

लामो समयको प्रयासपछि कम्पनी दर्ता भएसँगै २०७४ सालदेखि जिल्लामा अवैधानिक रुपमा सञ्चालित अटो रिक्साहरु वैधानिक रुपमा सञ्चालन गर्ने बाटो खुलेको सोलुखुम्बु अटो प्रा.लि.का अध्यक्ष मौजन थुलुङले बताए ।

Advertisement

व्यवसायिक रुपमा अटो रिक्सा सञ्चालानका लागि कम्पनी दर्ता अनिवार्य भएपनि कानुनी झन्जटका कारण लामो समयदेखि जिल्लामा अटोहरु कानुनी प्रकृया पुरा नगरी नै सञ्चालानमा रहेको थियो । आफु अध्यक्षमा चयन भएसँगै अटो रिक्साहरुलाई एकितृत गरि कानुनी दायरामा ल्यान लागि परेको अध्यक्ष थुलुङले बताए ।

Advertisement

लामो समयको मेहनत र प्रयास पश्चात शुक्रबार आफुहरुले वैधानिकता पाएको अध्यक्ष थुलुङको भनाई छ । जसका लागि सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए । हाल जिल्लामा करिब ५० वटा अटो रिक्साहरु सञ्चालनमा रहेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै