spot_img
spot_img

नेपाल शिक्षक संघ सोलुखुम्बुकोे ९ औँ जिल्ला अधिवेशन सुरु

spot_img

सोलुखुम्बु । नेपाल शिक्षक संघ सोलुखुम्बुको ९ औँ जिल्ला अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसको शुभेच्छु संस्था शिक्षक संघको नौ औँ जिल्ला अधिवेशनको आज नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व मन्त्री बल बहादुर केसीले उद्घाटन गरेका हुन् ।

सल्लेरीको जिल्ला समन्वय समितिको समिक्षालय हलमा सुरु भएको अधिवेशनले १८ सदस्यीय नयाँ जिल्ला कार्यसमित चयन गर्ने छ । नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको हुने शिक्षक संघले जनाएको छ ।

शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने उदेश्यका साथ आफुहरु जुटेको संघका संघिय महाधिवेशन प्रतिनिधि देवेन्द्र शर्माले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा कांग्रेस केन्दीय सदस्य आङ गेलुृ शेर्पा, जिल्ला समन्वय समिति सदस्य कृष्ण प्रसाद निरौला, कांग्रेसका जिल्ला सभापति एवं सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पा, कांग्रेस प्रदेश सभा क्षेत्र ‘ख’ का सभापति कर्मा शेर्पा, कांग्रेस नेताहरु विनोद कुमार बस्नेत, प्रकाश सिंह कार्कीसहित, अन्य नेताहरु, विशिष्ट व्यक्ति, शिक्षक लगायतको उपस्थिती रहेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img

भर्खरै