spot_img

खोटाङ : खानेपानी आयोजनाको गुणस्तरहिन संरचनामा डोजर चल्यो

spot_img

सोलुखुम्बु । खोटाङको दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सञ्चालित ‘साप्सुखोला–विजयखर्क–बसेरी लिफ्टिङ खानेपानी आयोजना’को गुणस्तरहीन ट्यांकीमा डोजर चलेको छ ।

Advertisement

निर्माणाधीन खानेपानी आयोजनाको ट्यांकी सम्पन्न नहुँदै चर्किएसँगै चौतर्फी विरोध र आलोचना सुरु भएपछि वडा कार्यालय र उपभोक्ता समितिको रोहवरमा ठेकेदार कम्पनीले नै संरचनामा डोजर लगाएर भत्काएको हो । उक्त आयोजनाको निर्माण जिम्मा सगरमाथा ड्रिलिङ एन्ड कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले पाएको थियो ।

Advertisement

लिफ्टिङ खानेपानी आयोजनाको ट्यांकी निर्माणका क्रममा भएको कमजोरी सच्याउन संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय र निर्माण कम्पनीलाई मौखिक निर्देशन दिइएको नगर प्रमुख तीर्थराज भट्टराई बताए ।

Advertisement

दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङको निर्देशनमा उपभोक्ता समिति र निर्माण कम्पनी आफैँले ट्यांकी फुटाउन थालेका हुन् । लिफ्टिङ खानेपानी आयोजनाका लागि वितरण लाइनतर्फ पाँचवटा फेरोसिमेन्ट ट्यांकी बनाउनुपर्ने सम्झौतामा उल्लेख छ ।

पहिलो ट्यांकी कमजोर बनेपछि सबै वितरण लाइनको ट्यांकी आरसिसी ढलान बनाउन निर्देशन दिइएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हीराकाजी महर्जनले जानकारी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै