spot_img

महाकुलुङमा सुरु भयो शैक्षिक कार्यशाला गोष्ठी

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा शिक्षा योजना निर्माण कार्यशाला गोष्ठी सुरु भएको छ । महाकुलुङ गाउँपालिकाको आयोजना तथा रीड नेपालको सहकार्यमा ३ दिने शिक्षा योजना निमार्ण कार्यशाला गोष्ठी आज (विहिबार) बाट सुरु भएको हो ।

Advertisement

उट्घाटनमा बोल्दै गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङ्ले योजना निर्माण गर्दा व्यवहारिक शिक्षालाई विशेष जोड दिनुपर्ने बताए । सैद्धान्तिक ज्ञान भन्दा व्यहारिक ज्ञान बालबालिका लागि महत्त्वपूर्ण हुने बताउदै कार्यक्रममा सहयोग सहकार्यका लागि रीड नेपाललाई धन्यवाद दिए ।

Advertisement

गोष्ठीको उदेश्य माथी प्रकाश पार्दै महाकुलुङको वर्तमान शैक्षिक अवस्थाको बिश्लेषण गरि आगामी ५ बर्ष भित्र शिक्षालाई कहाँ पुर्याउने भन्ने लक्ष्य तय गर्न कार्यक्रमको अयोजना गरिएको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरिले बताए ।

Advertisement

गोष्ठीको सहजिकरण शिक्षा मन्त्रालयमा पुर्ब सह–सचिब निरा शाक्य, नेपाल सरकारका उप–सचिव रेवती प्रसाद पराजुलीले गरिरहेका छन् ।

कार्यक्रममा न्यायक समिति संयोजक तथा उपाध्यक्ष विपना कुलुङ, पालिकाका कर्मचारी, वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक, प्रत्येक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक र स्थानीय शिक्षाप्रेमीको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै