spot_img

परिक्षा टाईड भएको भन्दै एभ्रेष्ट मल्टिपल कलेजका विद्यार्थीले गरे परिक्षा अवरुद्ध

spot_img


सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा रहेको एभ्रेष्ट मल्टिपल कलेजका बिएड तेश्रो वर्षका विद्यार्थीले एक घण्टा परिक्षा अवरुद्ध गरेका छन् । परिक्षा आवश्यक भन्दा बढी नै टाईड भएको भन्दै विद्यार्थीहरुले एक घण्टा सम्म परिक्षा नै अवरुद्ध गरि परिक्षा हल नै बहिस्कार गरेका हुन् ।

Advertisement

पुर्वाञ्चल विश्वविद्यालय अन्तरगत गत फागुन २६ गतेबाट सुरु भएको बिएड तेश्रो वर्षको परिक्षामा आज ४ वटा विषयको परिक्षा दिउँसो १ बाट सुरु भएर ४ बजे सकिने कार्यतालिमका थियो । तर परिक्षामा केन्द्राध्यक्षले अनावश्यक नियन्त्रण गर्न खोजेको तथा त्रास सृजना गरेको भन्दै विद्यार्थीले परिक्षा अवरुद्ध गरेपछि एक घण्टा ढिला गरि दिउँसो २ बजेबाट परिक्षा सुरु भएको थियो ।

Advertisement

उनीहरुले विगतमा जस्तै सहज तथा भयरहित ढंगाबाट परिक्षा सञ्चालन हुनुपर्ने माग गरेका थिए । यता केन्द्राध्यक्ष पुर्वाञ्चल विश्वविद्यालय मोरङका असिस्टेन्ट प्रोफेसर डा. रोहित शर्मा अधिकारीले भने आफुले मर्यादित ढंगबाट परिक्षा सञ्चालन गर्ने सवालमा कोहिसँग पनि सम्झौता नगर्ने बताएका छन् ।

Advertisement

विद्यार्थीहरुकोे खुलम खुला चिट चोर्न पाउनुपर्छ भन्ने माग कुनै पनि हालतमा मान्न नसकिने दाबी गरेका छन् । आफुलाई विश्वविद्यालयले मर्यादित रुपमा परिक्षा सम्पन्न गराउने जिम्मेवारी दिएर पठाएकाले त्यसमा कतिपनि तलमाथी नहुने जिकिर गरे ।

यता कलेज प्रशासनले भने आन्तरिक विषय भएकाले परिक्षार्थी र केन्द्राध्यक्ष विचको सहमती पश्चात परिक्षा सुरु भएको बताएको छ । उक्त कलेजको बिएड तेश्रो वर्षमा २५ जना परिक्षार्थी परिक्षामा सहभागी छन्

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै