सोलुखुम्बु । सोलुखुम्बु घर बताउने अन्दाजी ४० वर्षीया सिता श्रेष्ठको भक्तपुरमा ज्यान गएको छ ।
फागुन २७ गते साँझ ५ बजे भक्तपुरको सृजना नगरमा अचेत अवस्थामा फेला परेकी श्रेष्ठको उपचारको क्रममा गत आईतबार भक्तपुर जिल्ला अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
नाम, थर र ठेगाना समेत प्रस्ट बताउन नसक्ने अवस्थामा भेटिएकी उनको शव अहिले पोष्ट मार्टमका लागि काठमाण्डौँको मेडिकल कलेजमा राखिएको छ ।
हाल सम्म आफन्त सम्पर्कमा नआएकाले सम्बन्धित व्यक्तिले ९८५२८९०१९९ वा ९८५२८९०४६७ नम्बरमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ