spot_img

उखु खेती घटेसँगै चिनी मिल धमाधम बन्द हुँदै

spot_img

काठमाण्डौँ – समयमा नै भुक्तानी नपाउने र पाए पनि लागत नउठ्ने समस्याका कारण उखु खेती घट्न थालेको छ । हरेक वर्ष भुक्तानीको समस्याका कारण उखु खेतीप्रति आकर्षण घट्न थालेको हो ।

Advertisement

सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्य किसानको हितमा नभएको कारण उखु खेती घट्दै गएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

Advertisement

यो मूल्यमा किसानले उखु बिक्री गर्दा लागत मूल्य समेत नउठाउने उनको भनाई छ । सरकारले यस वर्ष उखुको लागि उखुको समर्थ मूल्य प्रतिक्विन्टल ६१० रुपैयाँ कायम गरिएको छ ।

Advertisement

उखुको उत्पादन घट्न थालेसँगै चिनी मिल समस्यामा पर्न थालेका छन् । उखु अभाव हुन थालेपछि सर्लाहीका चिनी उद्योग बन्द हुन थालेका हुन् । उखु अभाव भएपछि बगदहमा रहेको महालक्ष्मी सुगर मिल र धनकौलमा रहेको एभरेष्ट सुगर मिल बन्द भएका छन् । महालक्ष्मी सुगर मिल एक हप्ता अघि बन्द भएको हो ।

धनकौलमा रहेको अन्नपूर्ण सुगर मिल माघको अन्तिम हप्तादेखि बन्द छ । यो उद्योगले अहिलेसम्म किसानलाई उखु खरिद बापत रकम भुक्तानी गर्न सकेको छैन ।

त्यस्तै सर्लाहीमा धेरै उखु क्रसिङ गर्ने इन्दुशङ्कर चिनी उद्योगले अहिलेसम्म २५ लाख ६२ हजार क्विन्टल उखु क्रसिङ गरेको छ । यस वर्ष उद्योगले ३० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको उद्योगका प्रशासन प्रमुख ठाकुर नेपालले बताए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै