spot_img

जिल्लामै पहिलो पटक लिखुपिकेले सक्यो जग्गा वर्गीकरणको काम

spot_img

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका भु–उपयोग वर्गीकरण गर्ने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ । आठ स्थानीय तह रहेको जिल्लामा लिखुपिके गाउँपालिकाले पहिलो पटक जग्गा वर्गीकरणको काम सकेर मालपोत र नापी कार्यालयमा फायल पेस गरेको हो ।

Advertisement

१८ हजार ३ सय ५५.९३ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त पालिकाले करिब डेढ महिनाको प्रयासमा विभिन्न १० वर्गमा जग्गाको वर्गीकरण गरेको गाउँपालिका अध्यक्ष मिना बस्नेत कार्कीले बताइन् ।

Advertisement

उनका अनुसार पालिकाले कृषि, वस्ती, खानी, जंगल, औद्योगिक, व्यवसाय लगातको वर्गमा जग्गा वर्गीकरण गरिएको हो । जिल्लामै लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट तथा अंशबण्डाकोे काम लिखुपिकेमा फुकुवा भएको मालपोत कार्यालय सोलुखुम्बुका मालपोत अधिकृत युवराज भुजेलले बताए ।

Advertisement

यद्यपी वर्गीकरणमा अझै केहि प्राविधिक त्रुटिहरु भने भेटिएकाले थप अध्ययन भईरहेको नापी अधिकृत इन्जिनियर महेश थापाको भनाई छ ।

जिल्लाको ८ स्थानीय तह मध्ये हाल सम्म थुलुङ दुधकोशी गाउँपालिकाले जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पु¥याएको छ भने खुम्बु पासाङ ल्हामु, माप्यदुधकोशी, सोलुदुधकुण्डले वर्गीकरणको प्रकृया थालनी गरेको बताएको छ ।

नेपाल सरकारले ल्याएको भु–उपयोग निति अनुसार स्थानीय तहहरुले आफ्नो पालिका क्षेत्रको जग्गा वर्गीकरणको कार्य पुरा गर्न नसक्दा लामो समयदेखि जग्गा कित्ताकाट तथा अंशबण्डाको कामहरु प्रभावित भईरहेको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै