spot_img

थुलुङ दुधकोशीको नवनिर्मित भवनबाट प्रशासनिक सेवा शुभारम्भ

spot_img


सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले नवनिर्मित भवनबाट प्रशासनिक सेवा शुभारम्भ गरेको छ । पालिकाले थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीमा निर्माण सम्पन्न गरेको सुविधा सम्पन्न नयाँ भवनबाट आईतबारबाट औपचारिक रुपमा सेवा प्रवाह सुरु गरेको हो ।

Advertisement

कुवर डेप्लोपर्स एण्ड विल्डर प्रा.लि.ले २०७८ साउन २८ गते ३ करोड ४५ लाख २८ हजार ४ सय ६८ रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरि जिम्मा लिएको थियो । संघीय सरकारको ६० प्रतिशत र गाउँपालिको ४० प्रतिशत लागत साझेदारीमा भवन निर्माण गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले बताए ।

Advertisement

उक्त भवनको गत असोज ३ गते संविधान दिवसको दिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गरेका थिए । सम्पुर्ण शाखा सहित सेवा आफ्नै सुविधा सम्पन्न भवनबाट सुरु भएपछि स्थानीयवासी खुसी भएका छन् ।

Advertisement

पहिलोपटक स्थानीय सरकार गठन भएपछि जग्गा व्यवस्थापनसंगै गाउँपालिकाले अस्थायी संरचना निर्माण गरि सेवा प्रवाह गरिरहेको थियो । शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष असिम राई गुणस्तरीय र सहज सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएका छन् ।

नवनिर्मीत सुविधा सम्पन्न प्रशासनीक भवनबाट सेवा सुभारम्भ गर्दै अध्यक्ष राईले आम सर्वसाधरण नागरिकलाई केन्द्रमा राखेर सहज तथा सरल ढंगले सेवा प्रवाह संगै गुणस्तरमा कन्ज्युस्याँइ नगर्न जनप्रतिनिधि र कर्मचारीलाई निर्देशन दिए ।

नागरिकको नजिकको स्थानीय सरकार प्रति आम नागरिकको आशा र विश्वास बढीनै भएकाले सोही अनुसार कार्यसम्पादन गर्नुपर्ने अध्यक्ष राईको भनाई छ ।

कुनैपनि प्रकारको भेदभाव तथा पुर्वाग्रही ढंगले काम गरेको पाइएमा माफी दिन नसकिने अध्यक्ष राईले चेतावनी दिए ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै