spot_img
spot_img

फिक्कल गाउँपालिकाले सुरु गर्‍यो पोषण विशेष प्याकेज तालिम

spot_img

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिकाको आयोजनामा ७ दिने पोषण विशेष प्याकेज तालिम सुरु भएको छ । पालिकाको सबै वडाका स्वास्थ्यकर्मीहरुलाई लक्षित गर्दै जिल्लाको खुर्कोटमा आज( बुधबार)बाट तालिम सुरु भएको हो ।

फिक्कल गाउपालिकालाई बागमती प्रदेशकै पोषण मैत्री स्थानीय शासन लागू भएको पहिलो पाइलट गाउपालिका घोषण गर्न बृहत पोषण विशेष प्याकेज सम्बन्धि तालीम आयोजना गरिएको गाउपालिका स्वास्थ शाखा संयोजक प्रलव घिमिरेले बताए ।

उक्त तालिमको दोस्रो चरणमा सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान पोषणका विभिन्न आयमबारे जानकारी गराइने संयोजक घिमिरेको भनाइ छ ।

तालिमको सहजिकरण स्वास्थ कार्यालय सिन्धुलीका पोषण फोकल पर्सन पुष्पराज पन्त, गाउपालिका ६ नम्बर वडाका स्वास्थ चौकी प्रमुख सन्तोष राज पौडेल, गाउपालिका पोषण अभियान्ता तथा कृषि इन्जिनियर सन्दीप उपाध्याय र स्वास्थ संयोजक प्रलव घिमिरेले गरिरहेका छन् ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै