spot_img

सगरमाथा क्षेत्रमा बढ्यो पर्यटकको चहलपहल

spot_img

सोलुखुम्बु । पर्यटकिय सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य हिमाली मनोरम दृश्यको अवलोकन गर्न आउने पर्यटकको आगमन दिन प्रतिदिन बढ्न थालेको हो ।

Advertisement

फागुनबाट सुरु भएर जेठको मध्यसम्म चल्ने यो सिजनका लागि चहलपहल सुरु भएको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । जाडो महिनामा लगभग शून्य बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै पर्यटकको आवागमन बाक्लिएको हो । अहिले दैनिक १०० को हाराहारीमा पर्यटक सगरमाथा क्षेत्र आउन थालेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुले जनाएको छ ।

Advertisement

केही दिनदेखि खुम्बुमा पर्ने सगरमाथा क्षेत्रका पदमार्गमा विदेशी पर्यटकको आवातजावत बढेको छ । हवाई मार्ग प्रयोग गरी आउने पर्यटकका कारण तेञ्जिङ हिलारी विमानस्थलमा उडान सङ्ख्या दिन प्रतिदिन बढिरहेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

Advertisement

पछिल्लो एक साता यता दैनिक २० वटा सम्म उडान हुने गरेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले सत्यप्रेसलाई जानकारी दिए । लुक्ला भित्रिने पर्यटकको चाप अधिक छ भने फर्कनेको संख्या न्यून रहेको प्रमुख श्रेष्ठलेब बताए ।

उनले भने, ‘अहिले विमानको चाप बढेको छ, प्यासेन्जरको फ्लो पनि अधिक छ, खुम्बु भित्रिने ८० प्रतिशत बढी विदेशी नागरिक छन् । नेपाली कम छ ।’

पर्यटकको चाप बढ्न थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीको व्यस्तता पनि बढेको छ । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको छ । ट्रेकिङ मौसम सुरु भएसँगै जिल्लाका विभिन्न भागका पर्यटन व्यवसायी लुक्ला पुगेका छन् ।

केही दिनअघि मौसममा खराबी आएको भए पनि पुनः मौसममा सुधार आएकाले व्यवसायी खुसी भएका छन् । मौसम सुरुसँगै पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायतका ठाउँमा रहेका होटलमा पनि चहलपहल सुरु भएको छ ।

spot_imgspot_img
spot_imgspot_img
spot_imgspot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै